नाडाको निर्वाचन स्थगित

काठमाडौं (अस) । अटोमोबाइल व्यवसायीको छाता संगठन अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) को २१ औं निर्वाचन स्थगित भएको छ । ४५ औं साधारणसभा तथा नयाँ नेतृत्वका लागि भदौ २५ गते निर्धारित नाडाको निर्वाचन कोरोना महामारीको संक्रमण बढ्दै गएपछि तत्कालका लागि स्थगित गरिएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए । नाडाको मंगलबार बसेको १४ औं केन्द्रीय कार्यसमिति बैठकले हाललाई सभा–सम्मेलनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएकाले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । यसअघि साउन १५ गतेको बैठकको  निर्णयअनुसार नाडाले साधारणसभा एवं निर्वाचनको अनुमतिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएको थियो । प्रशासनले कोरोना महामारीको तेस्रो संक्रमण आउन सक्ने र संक्रमणको दर बढ्दै गएकाले अनुमति दिएको थिएन ।

सम्बन्धित सामग्री

नाडाको ४५औं वार्षिक साधारण सभा स्थगित

काठमाडौं। नाडा अटोमोबाइल्सको ४५औं वार्षिक साधारण सभा स्थगित भएको छ। नाडाको केन्द्रीय कार्यसमितिको १३औं बैठकले साधारणसभा र निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो। यसअघि नाडाको ४५औं साधारणसभा तथा २१औं निर्वाचन यही भदौ २५गते होटल सोल्टीमा हुने भनिएको थियो। तर, जिल्ला प्रशासन कार्यालयले कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै सभा सम्मेलन नगर्न भनेपछि नाडाले साधारण सभा र निर्वाचन स्थगित गरेको हो।

कोरोनाका कारण स्थगित भयो नाडाको निर्वाचन, अब कहिले ?

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपालको चुनावी साधारणसभा स्थगित भएको छ । नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालको अध्यक्षतामा बसेको १४ औं केन्द्रीय कार्य समितिको बैठकले ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । साउन १५ गतेको नाडाको १३ औं कार्यसमिति बैठकले भदौ २५ गते ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन होटेल सोल्टीमा सम्पन्न गर्ने निर्णय गरेको थियो । यसका लागि अनुमति माग गर्दै नाडाले साउन १९ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि पठाएको थियो । तर, यस बीचमा प्रशासनले कोरोना...

नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ ।नाडाको केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन स्थगन गरेको हो ।  कोभिड १९ को संक्रमण दर अझ उच्च हुन भइरहेको अवस्थामा र तेश्रो लहरको जोखिम समेत बढेको भन्दै नाडाले साधारण सभा स्थगन गर्ने निर्णय गरेको जनाएको छ ।

नाडाको ४५ औँ वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित

काठमाडौं । नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालको ४५औँ वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ । नाडाको ४५औँ वार्षिक साधारण सभा आगामी भदौ २५ गते काठमाडौंमा हुने तय गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, सम्मेलन गर्न नपाउने भनेकाले साधारण सभा स्थथगित गर्न परेको नाडाले जनाएको छ ।

नाडाको साधारण सभा र निर्वाचन स्थगित

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको ४५औँ वार्षिक साधारण सभा तथा २१औँ निर्वाचन स्थिगित भएको छ