काठमाण्डाै – अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । देशका धेरै ठाउँको मौसम यतिबेला आंशिक बद्ली छ ।
आज, हिजो/अस्तिको जस्तो दिनभरि मौसम बद्ली हुने सम्भावना नरहेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । उहाँका अनुसार प्रि मनसुनसँगै पश्चिमी न्यून चापीय क्षेत्रको प्रभाव पनि कमजोर बन्दै गएको छ । यसले गर्दा अबका केही दिन मौसममा सुधार आउने सम्भावना छ ।
तर, प्रि मनसुनको समय भएकाले दिउँसो पछि भने मेघ गर्जनसहित केही ठाउँमा पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो । आज राति प्रदेश १, वाग्मती र...