रवि लामिछानेबारेको समाचार अनधिकृत रुपमा डिलिट, अनलाइन पत्रकार संघको आपत्ति

काठमाडौँ। अनलाइन पत्रकार संघले पाथसिड नेपाल प्रालिबाट प्रकाशित उकेरा डटकमको सिएमएसमा अनधिकृत रुपमा प्रवेश गरी प्रकाशित सामग्री हटाउने कार्य भएकोमा आपत्ति जनाएको छ। सुप्रिम सहकारी आर्थिक संकटमा रहेको समाचारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे प्रकाशित समाचारसँगै अन्य समाचार समेत डिलेट गरिएको पाथसिडका अध्यक्ष सुरेश ढकालले जानकारी दिएका छन्।