इरानमा सरकारविरोधी २२ हजार नागरिकलाई आममाफी

इरान सरकारले हिजाब तथा सरकारविरोधी प्रदर्शनमा सहभागी २२ हजार आरोपीलाई आममाफी दिने घोषणा गरेको छ। प्रधानन्यायाधीश घोलामहोसेन मोहसेनी एजेइले प्रदर्शनमा सहभागीलाई आममाफी दिने निर्णय भएको जानकारी दिएका हुन्। सरकारी सञ्चारमाध्यम आईआरएनए न्यूज एजेन्सीका अनुसार गत महिना सर्वोच्च नेता अली खमेनेईले पनि असन्तुष्टिका बीच हजारौँ कैदीलाई आममाफी दिएका हुन्। प्रधानन्यायाधीश एजेइले अहिलेसम्म ८२ हजार जनाले आममाफी पाइसकेको बताएका छन्, जसमा योपटक २२ हजारलाई माफी दिने घोषणा गरिएको हो। उनीहरु सबै सरकार विर