लचिलो मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउनु पर्छ : अर्थमन्त्री डा. महत

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुका धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन्।अर्थमन्त्री डा. महतले बैंक तथा वित्तीय संस्था परिसंघद्वारा आयोजित नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै  ‘हामीले वित्त नीतिबाट पुँजी परिचालन गर्न सकेनौं।’ अर्को कोरोना महामारीको क्रममा मौद्रिक उपकरणमार्फत अत्यधिक कर्जा प्रवाह भएको उनले बताए। उनले अर्थतन्त्रमा शिथिलता देखिएको बताए। उनले भने,  &

सम्बन्धित सामग्री

नेपालमा विकास अभियानले गति लिन शुरू गरिसक्यो : अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विकासको अभियानले गति लिन शुरू गरेको बताएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ मा रहेको बेलकोट भञ्याङ माविको स्वर्ण जयन्तीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले देशमा विकासका गतिविधि चलायमान हुँदै मुलुक समृद्धितर्फ अघि बढ्न शुरू भएको बताउनुभयो । उनले भने, 'सबैको पालो आउँछ, अब आर्थिक वृद्धि गर्ने पालो हाम्रो आएको छ । यसका लागि देशप्रति गौरव गर्नुपर्छ र हामी गर्छौ, हामी गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनुपर्छ । नेपालमै हुन्छ, यही केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाऔं ।’ विगतका वर्षमा देशको राजनीतिक अस्थिरता, द्वन्द्व विनासकारी भूकम्प, कोरोना रोगको संक्रमण लगायतका कारणले पछि परेको अर्थतन्त्रलाई लयमा फर्काउँदै विकासको प्रवाह शुरू गरेको उनको भनाई थियो । ‘अब अर्थतन्त्र ठीक बाटोमा जान्छ, राजश्व करिब १० प्रतिशतले वृद्धि भएको छ । पर्यटकले देश भरिभराउ छ, आउने दिनमा पर्यटकको आगमन अझ बढ्ने छ’ मन्त्री डा. महतले भने, ‘आत्मविश्वास जगाऔं, विचार पुर्‍याएर लगानी गरियो भने उत्पादन र रोजगारी बढ्छ । उत्पादन र रोजगारी बढेपछि राजश्व बढ्छ । राजश्व बढेपछि राज्यले बजेट दिने क्षमता बढ्छ । बजेटको क्षमता बढ्यो भने विकास निर्माणमा खर्च गर्न क्षमता बढ्छ ।’  देशको अर्थतन्त्र सुधारको लयमा फर्कदै आएकाले आगामी दिनमा सरकारको प्राथमिकता गुणस्तरीय शिक्षा र रोजगारको सिर्जना गराउन केन्द्रित रहेको अर्थमन्त्री डा. महतले जानकारी दिए ।  अर्थमन्त्री डा. महतले भने, ‘सम्पत्ति त क्षति हुनसक्छ, तर पढेको कुरा कसैले खोस्न सक्दैन । सिप छ, पढाइलेखाइ छ भने जहाँ गएर पनि आम्दानी गर्न सकिन्छ । रोजगारी प्राप्त गर्न सकिन्छ । त्यसकारण पढाइलाई प्राथमिकता राख्न म अभिभावकहरुसँग अनुरोध गर्छु ।’ बालबालिकालाई घरमा पनि पढ्ने वातावरण बनाइदिन मन्त्री डा. महतले अभिभावकहरुसँग अनुरोध गरे । उनले स्कुलमा शिक्षक साथीहरुले मेहनत गरेर पढाइ दिन आग्रह गर्दै भने, ‘कम्प्युटर शिक्षा विद्यार्थीलाई सानैबाट दिनुपर्छ । इन्टरनेट र कम्प्युटर भयो भने विद्यार्थीले धेरै कुरा सिक्न सक्छन् । शिक्षक पनि कम्युटरबाट पढाउन दक्ष्य हुनुपर्छ ।’  ‘शिक्षा भयो भने थोरै सम्पत्ति छ भने पनि डर हुँदैन । पढेको, सिप सिकेका मान्छे जहाँ पनि रोजगार हुन्छ । नयाँ पिढींलाई शिक्षा अनिवार्यरुपमा दिनुपर्छ’ कार्यक्रममा मन्त्री डा. महतले भने । ‘आगामी बैशाखमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमार्फत वैदेशिक लगानी भित्र्याउन कोशिस गरिने छ । असारमा हुने विश्व बैंकको ठूलो सम्मेलन पनि नेपालमा नै आयोजना गर्न लागेका छौ’ उनले भने “देश सकारात्मकतर्फ अघि बढेको छ । केही हुन्छ भन्ने भावनालाई जनताको बीचमा पुर्‍याउनुपर्छ । भ्रम र नकारात्मक टिप्पणी बन्द गर्नुपर्छ ।’ बेलकोट भञ्याङ माविको स्वर्ण जयन्तीको अवसरमा उनले विद्यालयको लागि आवश्यक भौतिक संरचनाको निर्माण, गाउँको विकासको लागि सडकसहितको पूर्वाधार विकासमा मागअनुसार प्रबन्ध मिलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

भित्रिएको पूँजी खर्च गर्न समस्या भयो : अर्थमन्त्री डा. महत

मुलुकको अर्थतन्त्रका बारेमा सरकारको दावी, सार्वजनिक भएका तथ्यांक र विज्ञहरुको धारणा समान छैन । कोही अझै पनि अर्थतन्त्र समस्यामै रहेको बताइरहेका छन् भने सरकार लयमा रहेको दावी गर्छ । चालू आर्थिक वर्षको ६ महिनाको सूचकांक हेर्दा पनि अर्थतन्त्र विगतमा जस्तो समस्याग्रस्त छैन । तर, सही बाटोमा भने अझै पनि आइसकेको छैन । यसलाई अर्थमन्त्री डा. …

अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री डा. महत

चितवन, १० पुस । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् । अर्थमन्त्रीले भने, “नेपालमा भविष्य छैन, यहाँ लगानी गर्नु हुँदैन भन्ने नकारात्मक प्रचार अन्त्य भएको छ, अब लगानीको वातावरण बनेको छ ।” उनले भने, “यहाँ अब केही गर्न […]

अर्थमन्त्री डा महत भन्छन् – अर्थतन्त्र सकारात्मक बाटोमा छ

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताएका छन् ।

अर्थमन्त्री डा महत भन्छन् – अर्थतन्त्र सकारात्मक बाटोमा छ

अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा अघि बढिरहेको बताएका छन् ।

अर्थतन्त्र सकारात्मक दिशामा छ : अर्थमन्त्री डा. महत

काठमाडौं, ११ कात्तिक। अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुककाे अर्थतन्त्र चलायमान भइरहेकाे बताएका छन् । `वर्षाैंदेखि थुप्रेका समस्या रातारात निमिट्यान्न हुँदैनन् । तर अर्थतन्त्रका समस्या समाधानका दिशामा छन् । विदेशी पर्यटक आगमन, घरजग्गा काराेबार, राजस्व रेमिट्यान्स बढेकाे र बजेट कार्यान्वयनमा गएकाे अवस्थाले अर्थतन्त्रका सूचकहरू सकारात्मक छन्,´ नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम `नेपाली बहस´ का लागि पत्रकार ऋषि […]

देशको अर्थतन्त्र सकारात्मक रुपमा अगाडी बढेको छ : अर्थमन्त्री डा. महत

कास्की । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक रुपमा अगाडी बढेको बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औँ वार्षिक साधारण सभालाई सोमबार  सम्बोधन गर्दै मन्त्री महतले सो कुरा बताएका हुन् । मन्त्री महतले महाभूकम्प, कोभिड महामारीदेखि विश्वमा आएको आर्थिक सङ्कटले देशको अर्थतन्त्रमा केही समस्या आएको जनाउँदै हाल अर्थतन्त्र सुधारको दिशामा अघि बढेको बताए […]

लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउँछौँ : अर्थमन्त्री डा. महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको र लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन् ।

अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता : अर्थमन्त्री डा महत

नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्र सुधार नै आफ्नो पहिलो प्राथमिकता र प्रतिबद्धता रहेको बताउनुभएको छ । उहाँले त्यसका लागि निजी क्षेत्रको सुुझाव र सहकार्य आवश्यक रहेको स्पष्ट पार्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफू निजी क्षेत्रलाई साथमा लिएर समस्यामा परेको अर्थतन्त्रलाई निकास दिने बताउनुभयो । “तपाईंहरुको मनोबल घट्न दिन्न, …