कञ्चनपुरको महेन्द्रनगर बजारस्थित नेपाल परिवार नियोजन संघको कार्यालयमा तीन दिनदेखि कोरोनाविरुद्धको खोप लगाउनेको भीड लागेको छ । बिहानदेखि साँझसम्मै खोप लगाउनेहरू आइरहेका छन् । बजार क्षेत्रमा मात्रै होइन ग्रामीण भेगमा समेत खोप लगाउनेको भीड त्यति नै छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई भीड व्यवस्थापनमै समस्या देखिएको छ ।