भोलिदेखि संघीय संसदको दुवै सदनमा प्रि–बजेट छलफल शुरु हुने

भोलि अर्थात् मंगलबारदेखि आगामी आर्थिक वर्ष २०७९/८० को प्रि–बजेटका बारेमा संघीय संसदको दुबै सदनमा छलफल सुरु हुने भएको छ । स्थानीय निर्वाचन, २०७९ का कारण प्रभावित हुन पुगेको प्रि–बजेट छलफलका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजेका लागि संघीय संसदको दुबै अधिवेशन आह्वान गरेकी हुन् ।वैशाख २६ गते मन्त्रिपरिषद्को निर्णयले बजेटका लागि जेठ ३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । ढिला गरी मंगलबार बस्ने संघीय संसदमा आगामी आर्थिक वर्षको बजेटको नीति तथा