विश्व भोकमरी सूचकाङ्कमा नेपालको अवस्था भारतभन्दा राम्रो

कृषिप्रधान देश नेपाल विश्व भोकमरीको सूचीमा कमजोर अवस्थामा रहे पनि समस्याग्रस्त भने देखिएको छैन । यो सूचकाङ्कमा नेपालले भारत, पाकिस्तान र बंगलादेशलाई उछिनेको छ । ग्लोबल हंगर इन्डेक्स (वैश्विक भोकमरी सूचकाङ्क)मा विश्वका १२१ देशमा नेपाल ८१ औं स्थानमा पुगेको छ । गत वर्ष ११६ देशको वरियतामा नेपाल ७६औं स्थानमा थियो । हालै सार्वनजिक भएको सन् …

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। अर्थमन्त्रालयद्ले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयनकालागि कार्ययोजना तयार पारेको छ। विश्व भोकमरी सूचकांकमा नेपालको अवस्था सुधारोन्मुख देखिएको छ। काम अलपत्र पार्ने १२ कम्पनीलाई खरीद अनुगमन कार्यालयलले कालोसूचीमा राखेको छ। वस्तु विनिमय बजार व्यवसायलाई हालसम्म अनुमति नदिइएको धितोपत्र बोर्डले स्पष्ट पारेको छ। पुष महिनामा मात्रै ३८ हजार बढी नेपाली वैदेशिक रोजगारीका लागि विदेसिएका छन्।

भोकमरी सूचकांकमा नेपालको अवस्था सुधारोन्मुख, भारत भन्दा अगाडि

१५ माघ, काठमाडौं । नेपालमा भोकमरीको अवस्था सुधारोन्मुख रहेको देखिएको छ । विश्व भोकमरी सूचकाङ्‍क प्रतिवेदन २०२२ अनुसार नेपालको भोकमरी अवस्थामा अघिल्लो तथ्यांकको तुलनामा सुधार भएको देखिएको छ । कन्सर्न वर्ल्डवाइड र वेल्ट हङ्गर हाइलाइफले तयार पारेको यो प्रतिवेदन एनजीओ फेडेरेसनले सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार नेपालको अवस्था सन् २००० मा जोखिमपूर्ण थियो । […]

भोकमरीको सूचकांकमा भारत र नेपालको अवस्था खस्कियो

विश्व भोकमरी सूचकाङ्कमा भारतको अवस्था अघिल्लो वर्षको तुलनामा खस्किएको छ । हालै सार्वजनिक गरिएको विश्व भोकमरी सूचकाङ्क सूचीमा भारत १०१ औं स्थानमा छ ।

विश्व भोकमरी सूचकाङ्कमा नेपालको अवस्था भारतको भन्दा राम्रो

असोज ३०, संयुक्त राष्ट्रसंघ । विश्व भोकमरी सूचकाङ्कमा नेपाल ७६ औं स्थानमा रहेको छ ।  संयुक्त राष्ट्रसंघ सम्वद्ध संस्था खाद्य तथा कृषि संगठन (एफएओ) द्वारा शुक्रवार सार्वजनिक तथ्यांक अनुसार ११७ ओटा देश सम्मिलित सूचीमा नेपाल भारतभन्दा धेरै अगाडि रहेको छ । विश्व भोकमरी सूचकाङ्कमा भारतलाई पाकिस्तानभन्दा खराव स्थितिमा राखिएको छ । भारतको ग्लोबल हंगर इन्डेक्स (जीएचआई) स्कोर २७ दशमलव ५ रहेको छ । भारतको सूचकाङ्क ११७ ओटा देशमध्ये १०१ औ स्थानमा रहेको छ भने पाकिस्तान ९२ औं, म्यानमार ७१ औं स्थान, बंंग्लादेश ७६ औं  स्थान र नेपाल पनि ७६ औं स्थानमा रहेको छ । तर भारतले उक्त सूचकाङ्क गलत रहेको भन्दै आपत्ति प्रकट गरेको छ । भारतको महिला एवं बाल कल्याण मन्त्रालयले अल्पपोषण या कुपोषण को वैज्ञानिक तरीकाबाट मापन हुनुपर्नेमा काल्पनिक तरिकाले मापन भएको भन्दै विरोध गरेको छ । अघिल्लो वर्ष भारतको भोकमरी सूचकाङ्क १०७ ओटा देशमा ९४ औं स्थानमा थियो । यो सूचकाङ्कले भारतमा भोकमरीको अवस्था चिन्ताजनक रहेको देखाउँछ । उता चीन, ब्राजील तथा कुवेतसहित १८ ओटा देशले भने टप र्यान्क हासिल गरेका छन् । ती देशको जीएचआई स्कोर पाँचभन्दा कम रहेको छ । ४ दशमलव ९ वा सोभन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई न्यून भोकमरीको अवस्थाको मुलुकको सूचीमा राख्ने गरिएको छ । विश्व भोकमरी सूचकाङ्क विश्वव्यापी भोकमरीको अवस्था जनाउने तथ्याङ्क हो। यसको गणना वार्षिक रूपमा गर्ने गरिन्छ भने यसको नतिजा प्रत्येक वर्षको अक्टोबरमा जारी गर्ने गरिन्छ ।  सन् २००० यता विश्वमै भोकमरीमा निकै गिरावट भएपछि सन् २०२० को प्रतिवेदन अनुसार विश्वव्यापी तहको भोकमरीलाई मध्यम स्तरमा वर्गीकृत गर्न थालिएको छ । भोकमरी सूचकाङ्क सार्वजनिक गर्न थालेपछि धेरै राष्ट्रहरूले सन् २००० देखि भोकमरीमा कमी ल्याएका छन् तर केही देशहरूमा भोकमरी कायम छ भने केहीमा झन् -झन् खराब हुँदै गइरहेको छ। यो सूची तयार गर्दा कुपोषित बालबालिकाको संख्या, बाल मृत्युदर, बच्चाको लम्बाइअनुसार तौल नहुनु लगायतलाई आधार मानिएको छ ।एजेन्सीहरु