मोतीपुर औद्योगिक क्षेत्रमा तनाव (भिडियो)

मोतीपुर औद्योगिक क्षेत्रमा तनाव भएको छ ।  मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न गएकाहरूलाई प्रहरीले हटाउन खोज्दा झडप भएपछि तनावको अवस्था बनेको हो । प्रहरीसँग झडपसँगै अतिक्रमणकारीले टायर बालेर विरोध गरेका छन् ।

सम्बन्धित सामग्री

मोतीपुर औद्योगिक क्षेत्र निर्माण हुने

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुने बताउनुभएको छ । उहाँले मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको सबै जग्गामा विवादका कारण सीमाङ्कन गरी एकै पटक काम अगाडि बढाउन नसकिने भएकाले विकल्पमा रहेको कम विवादित २७० बिघा जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाउने सोचका साथ सहमति गरी काम अगाडि बढाएको बताउनुभयो । मोतीपुर औद्योगिक क्षेत्रभित्र स्थानीय बासिन्दाको समेत जग्गा परेपछि विवादका कारण निर्माणको काम रोकिएको थियो ।

अझै सुरु भएन औद्योगिक क्षेत्रको निर्माण

बुटवलको मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास भएको तीन वर्ष भएको छ तर औद्योगिक क्षेत्र निर्माणको कामले भने अझै गति लिएको छैन । विसं २०७७ फागुनमा मोतीपुर औद्योगिक क्षेत्र शिलान्यास गरिएको थियो । औद्योगिक क्षेत्रको जग्गाको विषयमा विवाद हुँदा निर्माणको काम अघि बढ्न नसकेको हो ।

मोतीपुर औद्योगिक क्षेत्र अलपत्र

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१७ मा निर्माणाधीन प्रदेशस्तरीय मोतीपुर औद्योगिक क्षेत्र अलपत्र परेको छ । ‘एक प्रदेश एक औद्योगिक क्षेत्र’ अवधारणाअनुसार मोतीपुरमा औद्योगिक ग्राम निर्माणका लागि सरकारले बजेट विनियोजन गरे पनि काम अगाडि बढ्न सकेको छैन ।

‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतिमा : गृहमन्त्री खाण

नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको मोतीपुुरमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतीमा र कोही विस्तापीत हुन नपर्ने गरी निमार्ण हुने विस्वास दिलाउनुभएको छ ।

मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्ने

जग्गा विवादका कारण विगत ६ वर्षदेखि अलपत्र पर्दै आएको बुटवल १७ मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अव अघि बढ्ने भएको छ ।

मोतीपुर औद्योगिक क्षेत्र विवाद: गृहमन्त्रीकै उपस्थितिमा बनाइयो समाधान कार्यदल

रुपन्देही । डेढ वर्षअघि एमाले नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेको मोतीपुर औद्योगिक क्षेत्र पुरानै क्षेत्रफलमा नबन्ने भएको छ । विवादकै अवस्थामा उक्त क्षेत्रमा औद्योगिक क्षेत्र उद्घाटन गरिएको थियो । यस क्षेत्रमा केही स्थानीयको बसोबास रहँदै आएको छ । त्यसैले सरकारले उनीहरुको व्यवस्थापन गरेरमात्रै अगाडि बढ्ने निर्णय गरेको थियो । सरकारको निर्णयाअनुसार औद्योगिक क्षेत्रको […]

मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमण हुँदा सरकार मुकदर्शक : विष्णु पौडेल

२३ असोज, बुटवल । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण भइरहँदा सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् । रुपन्देही उद्योग संघको ४३ औं वार्षिक साधारणसभा तथा २२ औं अधिवेशनको उद्घाटन गर्दै उनले आफूले शिलान्यास गरेको औद्योगिक क्षेत्र स्थापनाको काम असफल पार्न खोजिएको आशंका व्यक्त गरे । मोतीपुर औद्योगिक क्षेत्रमा […]

स्थानीयले मञ्चमै ढुंगामुढा गरेपछि कार्यक्रम छाडेर हिँडे अर्थमन्त्री पौडेल

२१ फागुन, बुटवल । अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् । ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएका थिए । अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको […]