हात्तीको बथानले घर भत्काउँदा कञ्चनपुरमा एक महिलाको मृत्यु

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको जंगली हात्तीको बथानले घर भत्काउँदा कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका–१ तारापुरस्थित शिविरमा जंगली हात्तीको बथान पसेर घर भत्काउँदा घरभित्र सुतिरहेकी ६० वर्षीया लक्ष्मी डगौराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएराति आफ्नै कच्ची घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा डगौराको घटनास्थलमै […]