बुटवल-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको जनलहर देखेर विपक्षी दलहरू अत्तालिएको बताएका छन्। बुटवलमा शनिबार पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका उमेदवारलाई जिताउन आह्वान गरे। उनले गठबन्धनको तागतबाट डराएकाहरुले विभिन्न भ्रम छरेको बताउँदै त्यस्तो भ्रमका पछाडि नलाग्न आग्रह गरे। कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले मात्रै सुकुम्बासी, अव्यवस्थित बसोबास, गरिबीलगायतको समस्या समाधान गर्छ,’ उनले भने, […]