टिकटक हेरेर व्यथा च्वाट्टै

डाक्टरकोमा धाउँदा–धाउँदा हैरान । औषधी खाँदा–खाँदा वाक्क । एउटा व्यथा कम भएजस्तो हुन्छ, फेरि अर्को व्यथा बल्झिहाल्छ । हुन त डाक्टरको जाँच र औषधीपानले व्यथा सधैँका लागि च्वाट्टै हुने कुरो पनि होइन । मान्छे बिरामी नै हुन छाडे भने पाइलैपिच्छे खुलेका अस्पताल कसरी चल्ने ? त्यतिका डाक्टर, नर्स र स्वास्थ्यकर्मीले कसको नाडी छामेर आफ्नो हातमुख जोर्ने ? अस्पताल भरिभराउ भइराख्न र स्वास्थ्यकर्मीको नियमित घरखर्च चलिरहन पनि धेरैभन्दा धेरै बिरामी भइराख्नुपर्छ । थरीथरीका व्यथा बल्झिरहनुपर्छ । यो त सर्वमान्य कुरा भइहाल्यो ।अब टिकटकको लत र ...

सम्बन्धित सामग्री

फरक हुँदै तिज मनाउने तरिका

हिन्दु नारीको महान् चाड हरितालिका तिजका दिन सोमबार महिला विगतमा जस्तै शिवालयहरूमा गीत गाउँदै छमछमी नाचे । उनीहरू टिकटक बनाउन र सेल्फी खिच्न पनि व्यस्त बने । टिकटक बनाउने भिडमा महिला मात्र होइन, पुरुष पनि उत्तिकै थिए । पहिले पहिले पिर, वेदना, व्यथा, हर्ष र दुःखसुख मिसिएको तिजका भाका गुन्जिन्थ्यो । सासूबुहारीका कुरा, थिचोमिचो अनि विरह, वेदना मिसिएका गीतले हरितालिका तिजमा रौनक थप्थ्यो । यस पटक भने अहिलेका चर्चित गीतले तिजमा स्थान लिएको देखियो । ती गीत सुन्दा अब नेपाली महिलालाई दुःख नै छैन, वेदना बाँड्ने माध्यम नै छैन जस्तो लाग्छ । प्रायः यस पालि महिला ‘हट एन्ड सेक्सी’ तथा ‘डान्सिङ नम्बर’ हरूमा समूह बनाई नाचेका भेटिए ।

मृगौला लिएर धोका दिने प्रेमीको रामकहानी !

लस भेगास । हालै अमेरिकाकी एक युवतीले ज्यान बचाउन आफूले मृगौला दिएका पूर्वप्रेमीले आफूलाई धोका दिएकोबारे सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।  कोल्लिन लीले श्रृङ्खलाबद्ध टिकटक भिडियोमार्फत आफ्नो व्यथा पोखेकी छन् । उनले पाँच वर्ष अघिको घटनाबारे पहिलोपटक सन् २०२० को जुलाईमा भिडियो अपलोड गरेकी थिइन् । उनले त्यसको क्याप्सनमा लेखेकी थिइन्, ‘आशा...