जसपा आधिकारिकता विवाद : निर्वाचन आयोगमा ‘हेड काउन्ट’ सुरु

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगमा सनाखत सुरु भएको छ।  निर्वाचन आयोगले जसपा एकता बखतकै केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिँदै सनाखतका लागि ५१ सदस्यलाई शशरिर आयोगमा...

सम्बन्धित सामग्री

जसपा विवादमा रेशम चौधरी तटस्थ

काठमाडौँ । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।

जसपाका नेता कार्यकर्ता सनाखतका लागि निर्वाचन आयोगमा

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षका नेता कार्यकर्ता पार्टी सनाखतका लागि निर्वाचन आयोग पुग्नुभएको छ । आयोगले जसपा आधिकारिकता विवाद निरुपणका लागि एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उहाँहरु आयोग पुग्नुभएको हो । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अहिले पार्टी सनाखत हुने काम भइरहेको जानकारी दिनभयो ।