प्रियंकाले पति निकसँगै मनाइन् दीपावली, तस्बिर भाइरल

बलिउड अभिनेत्री प्रियंका चोपडा बिहेपछि आफ्ना पतिसँगै अमेरिकामा बस्न थालेकी छिन् । तर, उनले आफ्नो संस्कृति बिर्सेकी छैनन् । चाडपर्वहरू भव्य रुपमा मनाउने गरेकी छिन् ।  प्रियंकाले दीपावली पनि भव्य रुपमा मनाइन् । सामाजिक सञ्जालमा उनले आफ्ना पतिसँगै दिपावली गरेको तस्बिर हालेकी छिन् ।यस तस्बिरमा पति–पत्नी दुबै परम्परागत पोशाक देखिन्छन् । प्रियंकाले पहेँलो रंगको साडी लगाएकी छिन् भने निकले सेतो रंगको कुर्ता पाइजामा लगाएका छन् । हातमा पूजाको थाली लिएर दुबैले लक्ष्मीको पूजा गरिरहेका छन् ।त