कर्णाली प्रदेशसभा : एमालेको अवरोध कायमै, मुख्यमन्त्री हेलिकप्टर चढेर हुम्ला गएकोप्रति आपत्ति

कर्णाली प्रदेशसभामा एमालेको अवरोध कायमै रहेको छ । आइतबार प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १६ औँ बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्यसूचीमै प्रवेश गर्न नदिएर अवरुद्ध गरेको छ। बजेट प्रस्तुत भएको तीन साता बितिसक्दा पनि एमालेको अवरोधका कारण बजेट माथि छलफल हुन सकिरहेको छैन । आइतबारको बैठकमा पनि एमालेले आफूले उठाएको राजनीतिक मुद्दाबारे सरकारले चासो नदिएको भन्दै बैठक अवरुद्ध गरेको हो । प्रदेशसभा सांसद पदमबहादुर रोकायले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने अडा

सम्बन्धित सामग्री

कर्णाली संसद्मा एमालेको अवरोध कायमै

सुर्खेत : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभा बैठकमा अवरोध गरेका कारण बैठक चल्न सकेको छैन।आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै आइतबारदेखि एमालेले बैठक सञ्चालनमा अवरोध गरेको छ।सरकारले प्रतिपक्षीसँग भएको सहमति तोडेर अगाडि बढेको एमालेका सांसदहरूको आरोप छ। नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले बजेट प्रस्तुत गर्ने विकल्प दिँदा पनि सरकारले अध्यादेशमार्फत