कल्भर्ट नबनाएको भन्दै वडाध्यक्षले लगाए ठेकदारको एक्साकाभेटरमा ताला

१ भदौ, बुटवल । सम्झौता अवधिमा कल्भर्ट नबनाएपछि बुटवलका एक वडाध्यक्षले निर्माण व्यवसायीको एक्साकाभेटरमा ताला लगाइदिएका छन् । बुटवल–१५ का वडाध्यक्ष शिव रानाले ठेकदारको एक्साकाभेटरमा ताला लगाइदिएका हुन् । बुटवलको तामनगर–फर्साटिकर सडकखण्ड अन्तर्गत बुटवल–१५ सेमलारमा कल्भर्ट निर्माणको जिम्मा पाए पनि काम पूरा नगरेकाले ठेकदारको एक्साकाभेटरमा ताला लगाइदिएको रानाले बताए । उक्त सडक खण्डमा चार वटा […]