काठमाडौं। भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा अहिलेसम्म १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ। साेही कोषमा बिहीबारसम्म साेही रकम जम्मा भएको अर्थ मन्त्रालयले जनाएको हाे । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण र आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग योगदान आउने क्रम जारी रहेको छ । […]