काठमाडौं – नेकपा (एमाले)ले मंसिरमा सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनलाई पार्टी इतिहासको एक ऐतिहासिक कोशेढुङ्गाका रूपमा व्याख्या गरेको छ। बिहीबार जारी ‘अन्तरपार्टी निर्देशन-१’ (अपानि) को बुँदा नम्बर १ मा अध्यक्ष केपी शर्मा ओलीले एघारौं महाधिवेशनका उपलब्धि, पारित प्रस्ताव र भावी रणनीतिबारे विस्तृत विश्लेषण गरेका छन्। १. महाधिवेशनबाट एकताको सन्देश एमालेले एघारौं महाधिवेशनलाई विचार, संगठन र एकताको […]