काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले जेन-जी प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि स्रोतको अभाव नहुने बताएका छन्। बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यसमितिसँग राष्ट्र बैंकमा भएको भेटमा पुनःनिर्माणका लागि स्रोतको अभाव नहुने बरु सुशासन र प्रशासनिक कार्यक्षमतामा सुधार गर्न आवश्यक रहेको बताएका हुन्। गभर्नर पौडेलले मुलुकमा पछिल्लो समय उत्पन्न परिस्थितिबाट अगाडि […]