नेपालकी प्रभा राई संलग्न 'हाइपरलूप' अनुसन्धानले पायो अन्तर्राष्ट्रिय सफलता

भारतको इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) मद्रासको 'आविष्कार हाइपरलूप' ले हालै नेदरल्यान्ड्समा सफलता हात पारेको छ। विद्यार्थीको नेतृत्वमा आधारित आविष्कार हाइपरलूप समूहले सामाजिक–आर्थिक अनुसन्धानतर्फ पहिलो र प्राविधिक अनुसन्धानतर्फ एरोडाइनामिक्स विश्लेषणमा दोस्रो स्थान हात पारेको हो। योसँगै यो समूह एसियाली देशहरूमा पहिलो र संसारभर चौथो भएको छ। अविष्कार हाइपरलूपको सामाजिक–आर्थिक अनुसन्धान समूहमा नेपालकी प्रभा राई पनि छन्।...