आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

गोरखा– सिरानचोक गाउँपालिका-६ खैरेनीबन बस्ने ७२ वर्षीय गर्बे गुरुङको घरमा विद्युत् सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।