अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारमा सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्यकर्मीको क्षमता विकास, स्वास्थ्य संस्थालाई अपाङ्गतामैत्री बनाउने तथा प्रभावकारी नीतिगत व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय बहिरा महासंघ नेपालको आयोजनामा काठमाडौंमा आयोजित समन्वय बैठकमा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिले स्वास्थ्य सेवा लिने क्रममा भोग्नुपरेका समस्या, विभेद र अवरोध हटाउन आवश्यक रहेको बताएका […]
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले कालीकोटमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनले नगेन्द्रबहादुर विष्टलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको छ।
काठमाडौँ । बुल्गेरियाले गत साता काला सागरमा चारवटा व्यावसायिक जहाजमाथि भएका ड्रोन आक्रमणमा रुसको सङ्लग्नता हुन सक्ने आशङ्का व्यक्त गरेको छ। आक्रमणमा दुईवटा जहाज डुबेका छन् । यद्यपि, रुसी सङ्लग्नता पुष्टि गर्ने ठोस प्रमाण नभएको बुल्गेरियाले जनाएको छ। आक्रमणपछि बेपत्ता भएका ११ जना चालक दलका सदस्यको खोजीकार्य जारी छ। अन्य पाँचजनालाई उद्धार गरिएको छ। आक्रमण […]
माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको छ । संशोधित व्यवस्थाअनुसार निर्माण, घरजग्गा, लेखापरीक्षण र सूचना प्रविधिसम्बन्धी निश्चित क्षेत्रमा विदेशी लगानीका लागि कम्तीमा २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य गरिएको छ। केही व्यवसाय भने माल्दिभियन नागरिकका लागि मात्र सुरक्षित राखिएका छन् । आर्थिक विकास, यातायात तथा व्यापारमन्त्री मोहम्मद सइदका अनुसार १५ मिलियन अमेरिकी […]
झापा । झापामा उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु पाँच लाख १५ हजार जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले भदौ २० देखि असोज २८ गतेसम्म गरेको आकस्मिक बजार निरीक्षण तथा अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री गर्ने तथा अस्वाभाविक मूल्य लिने व्यवसायीमाथि कारबाही गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बजारमा […]