पछिल्लो झन्डै साढे साढे ४ महिना (जनवरीदेखि मे १२ सम्म) मा नेपाल भित्रिएका विदेशी नागरिकहरू मध्ये सवा एक लाख अध्यागमन विभागको विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस)को ट्रयाकिङमा परेका छन् । विभागले दिएको जानकारी अनुसार उक्त प्रणालीमार्फत हालसम्म करिब एक लाख २५ हजार विदेशी यात्रुको अभिलेख सङ्कलन गरिएको हो । नेपाल भित्रने विदेशी नागरिकको गतिविधि व्यवस्थित […]
टोकियो – जापानको मियागी तटमा ६.७ म्याग्नीच्यूडको भूकम्प गएको र यसको असर देशका पाँच प्रान्तमा महरूस गरिएको छ । भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिए पनि रेल सेवा स्थगित गरी र भूकम्पपछि पराकम्पन आउने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले उच्च सतर्कता अपनाएको छ । भूकम्पपछि भएका हुनसक्ने क्षतिको विवरण सङ्कलन गर्न प्रशासनले स्थानीय निकायहरूलाई निर्देशन दिएको छ […]
१ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)माथि निलम्बन फुकुवा गरेको छ । ‘अर्ली इलेक्सन’ गर्न तम्सिएपछि चैत ११ गते राखेपले एन्फालाई निलम्बन गरेको थियो ।
शिक्षा तथा खेलकुद मन्त्री …
१ जेठ, काठमाडौं । अदालती प्रक्रियाका कारण आयोजना कार्यान्वयनमा भइरहेको ढिलाइ रोक्न ‘डेडिकेटेड फास्ट ट्र्याक पूर्वाधार इजलास तथा न्यायाधीकरण’ गठन गर्न सिफारिस गरिएको छ ।
मन्त्रिपरिषद्ले १३ चैत २०८२ मा स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १ …
१ जेठ, काठमाडौं । नेपाल सरकारले ३० वैशाखमा कार्यविभाजन नियमावली संशोधन गरेर देशको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मातहत राख्यो ।
राजपत्रमा प्रकाशित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको कार्यविभाजन सूचीको २८ …
नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन यस्तो व्यवस्था गर्न लागिएको जनाएको हो । समीक्षामा राष्ट्र बैंकले “ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने […]