टर्कीले नेटो आबद्ध १० देशका राजदूतमाथिको कुटनीतिक संरक्षण हटायो

काठमाण्डाै - टर्कीले नेटो आबद्ध १० देशका राजदूतहरुमाथिको कुटनीतिक संरक्षण हटाएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतहरुलाई नयाँ नीति स्वीकार गर्न आग्रह गर्नु भएको छ । नीति स्वीकार नभए देश छोड्न उहाँको चेतावनी छ । टर्कीको यो नीतिसँगै १० राष्ट्रका राजदूतहरुमाथि जुनसुकै मुद्दामा छानबिन तथा कारबाही अगाडि बढाउन पाइने भएको बीबीसीले जनाएको छ । विगत चार वर्षदेखि टर्कीको कारागारमा रहेका अभियन्ता ओस्मान कवलाको रिहाइको मागसहित वक्तव्य जारी गरेपछि राष्ट्रपति एर्दोगानले य...

सम्बन्धित सामग्री

युक्रेनलाई थप हतियार नपठाउन अमेरिकालाइ रुसको चेतावनी, पठायो कुटनीतिक नोट

अमेरिका तथा नेटो सैन्य गठबन्धनका सदस्य राष्ट्रले युक्रेनलाई गरिरहेको गम्भीर हतियार सहयोगले युद्धमा ‘तेल’ थपिरहेको आरोप रुसले कूटनीतिक नोटमा लगाएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।

पूर्वी युरोपमा सैन्य संख्या दोब्बर पार्ने बेलायतको घोषणा

काठमाडौं : बेलायतले रुस र युक्रेनबीच बढ्दो तनावबीच कुटनीतिक र सैन्य कदम उठाउने भएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले एक विज्ञप्ति जारी गर्दै बेलायतले नेटो गठबन्धन मार्फत् बाल्टिक राज्य तथा पूर्वी युरोपमा परिचालित आफ्नो सैन्य संख्या दोब्बर पार्ने बताएका छन्। साथै बेलायतले इस्टोनियामा हतियार पनि पठाउने बताएको छ। बेलायतको यो प्रस्तावलाई ब्रसेल्समा भोलि हुने नेटो मन्त्रीस्तरीय बैठकमा पेश गरिने भएको छ। अर्कोतर्फ बेलायती रक्षा तथा विदेशमन्त्री वार्ताका लागि मस्को जाने तयारी गरेका छन्। प्रधानम

युक्रेनको विषयलाई लिएर रुसले कठोर विकल्पको सामना गरेको अमेरिकाको टिप्पणी

युक्रेनको विषयलाई लिएर रुसले कठोर विकल्पको सामना गरेको अमेरिकाले टिप्पणी गरेको छ । अमेरिकी उपविदेशमन्त्री वेन्डी शरमनले रुसले पश्चिमसँग कुटनीतिक वा मुठभेडमध्ये एउटा रोज्नैपर्ने भन्दै चेतावनी दिनुभएको छ । उत्तर एट्लान्टिक सन्धी सङ्गठन नेटो र रुसबीच भएको वार्तापछि बोल्दै उहाँले यो चेतावनी दिनुभएको हो । युक्रेनको विषयलाई लिएर देखिएको तनाव घटाउने उद्देश्यसहित ब्रसेल्समा नेटो र रुस काउन्सिलको वार्ता भएको थियो । रुसले युक्रेन नेटोमा सामेल हुन नहुने बताउँदै आएको छ । सन् १९४९ मा स्थापना भएको नेटो प्रतिरक्षाका लागि ...