वामदेव गौतम बालुवाटारमा

नेकपा एमालेका प्रभावशाली नेता वामदेव गौतम प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । नेकपा एमाले संसदीय दलको बैठक र केन्द्रीय कमिटी बैठकअघि गौतम वालुवाटार पुगेका हुन् । राष्ट्रियसभा सदस्य समेत रहेका गौतम शनिवार बालुवाटार पुगेका हुन् । पार्टी बैठकमा सहभागी हुन गौतम बालुवाटार पुगेका एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले लोकान्तरलाई जानकारी दिइन् । यसअघि गत ५ गतेको संसदीय दलको बैठकमा भने उनी उपस्थित भएका थिएनन् । गौतम उपस्थित नभए पनि पत्नी तुल्सा थापा बिहीवारको बैठकका सहभागी भएकी थिइन् । एमाले स...

सम्बन्धित सामग्री

एमालेमा प्रवेश गर्दै वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्वउपाध्यक्ष वामदेव गौतम एमालेमै फर्किने भएका छन् । राष्ट्रिय सभाका सदस्य एवं पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतम एमालेबाट राजीनामा गरी विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकरण गर्ने अभियान चलाउँदै आएका छन् । एमालेबाटै विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेशका लागि विभिन्न चरणमा छलफल गरिसकेका गौतम […] The post एमालेमा प्रवेश गर्दै वामदेव गौतम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वामदेव गौतम किन गए बर्दिया ?

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज बर्दिया गएका छन् । मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावको मिति नजिकिँदै गएको अवस्थामा गौतम एकाएक बर्दिया झुल्किएपछि चासोको साथ हेरिएको छ ।राष्ट्रियसभा सदस्यबाट गौतमले राजीनामा दिएर प्युठान वा बर्दियाबाट चुनाव लड्न चर्चा भइरहेको छ । ती दुई जिल्लामध्ये गौतमको अन्तिम रोजाइमा प्युठान परेको छ । चुनावका लागि गौतमले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर लग्न सहमत भइसकेका छन् । यस्तो अवस्थामा गौतम बर्दियामा देखा परेपछि धेरैले चुनाव

वामदेव गौतम पनि माओवादीको चिह्नबाट चुनाव लड्ने

३१ साउन, काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् । गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताए । ‘हामीलाई माओवादीको चुनाव चिह्न सहज हुने देखियो,’ उनले भने । उनले पार्टी एकीकरण नभई चुनाव चिह्न […]

प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव गौतम

१२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न वामदेव गौतम खुमलटार पुगेका छन् । सत्ता गठबन्धन जोगाउँदै एमसीसी अनुमोदनको तयारी भइरहँदा गौतम खुमलटार पुगेका हुन् । गौतम एमसीसी अनुमोदन गराउन नहुने पक्षमा छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको विपक्षमा उभिएका गौतम कम्युनिष्ट एकताका पक्षमा छन् ।

वामदेव गौतम दम्पतीलाई कोरोना

काठमाडौं, १२ माघ । नेकपा (एमाले) का पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश गाैतमले जानकारी दिएका छन् । ‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् […]

वामदेव गौतम दम्पतीलाई कोरोना

नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोनाभाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलसा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश दाहालले जानकारी दिएका छन् । ‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।

एमाले केन्द्रीय कमिटीमा सहभागी हुन वामदेव गौतम बालुवाटार पुगे

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा भाग लिन वामदेव गौतम बालुवाटार पुग्नुभएको छ । उपाध्यक्षको हैसियतमा आफू बालुवाटार पुगेको उहाँले बताउनुभयो । वरिष्ठ नेता माधव नेपाल पक्षले भने आजको बैठकमा सहभागी नहुने बताइसकेको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले उपाध्यक्ष गौतमलाई बैठकमा सहभागी हुन भन्दै बिहीबार पत्र काट्नुभएको थियो ।

एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटारमा

एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । पछिल्लो समय पार्टी बैठकहरूमा सहभागी नभएका उपाध्यक्ष गौतम पार्टीलाई २०७५ जेठ २ को संरचनामा फर्काएपछि बैठकमा सहभागी हुन लागेका हुन् । गौतमले आफ्नै संयोजकत्वमा नेकपा एमाले एकता अभियान सञ्चालन गर्दै आएका छन् । गौतम बालुवाटार गएको पुष्टि उनको सचिवालयले पनि गरेको छ । 'नेकपा (एमाले) का उपाध्यक्ष तथा एकता अभियान का संयोजक कमरेड वामदेव गौतम नेकपा (एमाले) को २०७५ जेठ ३ गते पूर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार प्रस्थ...

वामदेव गौतम पुगे बालुवाटार

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटा पुगेका छन्। आज ११ बजेबाट बालुवाटारमा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ। वामदेव बालुवाटार आइपुगेको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। यसअघि संसदीय दलमा भाग लिए पनि केन्द्रीय कमिटीको बैठकमा…

वामदेव गौतम राष्ट्रियसभा बैठकमा पहिलो पटक उपस्थित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पहिलो पटक राष्ट्रियसभा बैठकमा सहभागी भएका छन् ।संसदको सातौं अधिवेशनअन्तर्गत शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा गौतम सहभागी भएका हुन् । राष्ट्रियसभा सदस्यमा मनोनित भएपछि उनी पहिलो पटक बैठकमा सहभागी भएका हुन् ।राष्ट्रियसभामा नेकपाका संसदीय दलका नेता दीनानाथ शर्माले गौतमलाई पार्टी एकता जोगाउने दिशामा सफलता मिलोस् भन्ने शुभकामनासमेत दिए । शर्माले गौतमले लगभग ‘विभाजित भइसकेको नेकपालाई पुनः एक बनाउन सकिन्छ भन्ने विश्वासका साथ काम गर्