राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र असन्तुष्ट रहेका १० खेलाडीबीचको विवादलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले समिति बनाएर छानबिन गर्ने भएको छ । मंगलबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीलाई भेटेर छानबिन गर्ने आश्वासन दिएका हुन् । यसअघि खेलाडीले बारम्बार निष्पक्ष छानबिन हुनुपर्ने भन्दै खेलकुद मन्त्री महेश्वर गहतराज, राखेप सदस्य सचिब टंकलाल घिसिङ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ लगायतलाई पत्र पठाएका थिए । मुख्य प्रशिक्षक तथा व्यवस्थापकहरूले भ