जावलाखेल र फ्रेन्ड्स बीचको फूटबल खेल बराबरीमा समाप्त

शहीद स्मारक ‘ए’ डिभिजन लिग फूटबल प्रतियोगिताअन्तर्गत मंगलवार भएको जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब बीचको खेल बराबरीमा समाप्त भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेल र फ्रेन्ड्सबीचको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । जावलाखेलका लागि लोइक एन्जीमी कोउहिमले २ गोल तथा रुपबहादुर लामाले १ गोल गरेका छन् । फ्रेन्ड्सका लागि जमोल एन्थोनी फ्रान्कोइसले २ तथा नाथानिल जुड ग्रासियाले १ गोल गरे । रोमाञ्चक बनेको खेलमा जावलाखेलविरुद्ध ३–० गोलको अग्रता उल्टाएर फ्रेन्ड्सले बराबर...