१५ चैत, काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा पार्किङमा राखिएका गाडीहरुमा पनि तोडफोड भएको छ । पार्किङ क्षेत्रमा रहेका निजी र सरकारी गाडीहरुको सिसा फुटाइएको छ ।
तीनकुनेमा राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह कोटेश्वरको भाटभटेनी …
१५ चैत, काठमाडौं । नेपाली सेनाको टोली काठमाडौंको सडकमा निस्किएको छ ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएसँगै सेनाको टोली सडकमा निस्किएको हो ।
राजावादी समूहले गरेको उग्र प्रदर्शनका कारण प्रशासनले कर्फ्यु लगाएको छ ।
तीनकुनेमा भेला भएका राजावादीहरूले …
कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगलागी तथा तोडफोड गरिएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजावादी पक्षका आन्दोलनकारीले पार्किङमा रहेका गाडीबाट आगजनी सुरु गरेको प्रत्यक्षदर्शीले बताएका छन्। साथै कम्पनीको अग्रभागमा ढुँगा प्रहार गरेर तोडफोड गरिएको छ।