विद्यार्थी संगठनले गरे शंख फुकेर सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– विभिन्न पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले पेट्रोलिय पदार्थको मूल्यबृद्धि, भ्रष्टाचार र कुशासनविरुद्ध राजधानीको माइतिघर मण्डलामा आइतबार दिउँसो संयुक्त रुपमा प्रदर्शन गरेका हुन्। उनीहरुले शंख फुकेर सरकारको विरोध गरेका छन्। साथै उनीहरुले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानकि कदम चालेको भन्दै नारावाजीसमेत गरेका थिए।

सम्बन्धित सामग्री

विद्यार्थी संगठनले शंख फुकेर सरकारविरुद्ध प्रदर्शन गरे

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले आइतबार सरकारविरुद्ध शंख फुकेर प्रदर्शन गरेका छन् । पाँच दलीय गठबन्धन निकट विद्यार्थी संगठनहरुले ‘प्रतिगमन’विरुद्ध शंख फुकेर प्रदर्शन गरेका हुन् ।

शंख फुकेर सरकारविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन [तस्बिरहरु]

पाँच दलीय गठबन्धन निकट विद्यार्थी संगठनहरुले आइतबार पनि काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा विघटन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध उनीहरुले माइतीघर क्षेत्रमा शंख फुकेर विरोध जुलुस निकालेका हुन् । असंवैधानिक रुपमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको भन्दै विद्यार्थीहरुले पछिल्लो समय सरकारविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

सरकारविरुद्ध शंख फुकेर प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । विपक्षी पाँच विद्यार्थी संगठनले शंख फुकेर सरकारको विरोध गरेका छन् । पाँच विद्यार्थी संगठनले प्रतिगमन, पेट्रोलियम पदार्थमा मूल्य वृद्धि, भ्रष्टाचार र कुशासनविरुद्ध शंख फुकेर आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।    तस्बिरहरु : सुनिल प्रधान/अभिषेक महर्जन

माइतीघरमा शंख फुकेर सरकार विरुद्ध ओर्लिए पाँच विद्यार्थी संगठन

काठमाडौं : संयुक्त विद्यार्थी संगठनले राजधानी सरकारविरुद्ध प्रदर्शन गर्दैछ। माइतीघर मण्डलमा शंख फुकेर विद्यार्थीहरुले र्‍याली निकालेका थिए। प्रतिनिधिसभा विघटनपछि विद्यार्थी संगठनहरु एकजुट भइ केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन्। यसअघि विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले देशभर प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको थियो।