संगीत चोरी गरेको आरोप निराधारः महेश खड्का

काठमाडौँ – संगीतकार महेश खड्काले संगीत चोरी गरेको आरोप निराधार रहेको बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संगीतकार खड्काले संगीतकार वसन्त सापकोटाले संगीत चोरी गरेको भनेर आफूमाथि लगाएको आरोप निराधार रहेको बताए। उनले बौद्धिक सम्पत्तिको चोरीको विषयमा कानुनी उपचार खोज्ने धेरै उपाय छाडेर संगीतकार सापकोटाले मिडियाबाजी गरेर आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको आरोप लगाए। गायक […]

सम्बन्धित सामग्री

महेश खड्का भन्छन्, 'चोरीको आरोप प्रमाणित नभए म कानुनी उपचारमा जान्छु'

काठमाडौं : चार दिनअघि सार्वजनिक भएको गीत 'नोगेन' यतिवेला युट्युब ट्रेन्डिङमा रहेको छ। झण्डै २५ लाख पटक हेरिएको उक्त गीतमा संगीत चोरी भएको आरोप लागेको छ। गीतकार तथा संगीतकार वसन्त सापकोटाले आफ्नो गीत 'सागरसरि' को संगीत चोरेको आरोप लगाएका हुन्। नोगेनका गीतकार तथा संगीतकार महेश खड्काले शुक्रबार पत्रकार सम्मेलन गरेर संगीत चोरी भएको प्रमाणित भए जस्तोसुकै सजाए पनि स्विकार्य रहेको बताएका छन्। पत्रकार सम्मलेनमा बोल्दै संगीत चोरिएको जस्तो लाग्दा कानुनी बाटो नअपनाएर मिडियामा