उपत्यकामा थप एक साता निषेधाज्ञा गर्न तीन जिल्लाका सिडिओ सहमत : सार्वजनिक सवारी खोल्ने विषय छलफलमा नै

काठमाडौंः काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा लम्बियाउन विषयमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहमत भएका छन्। आज उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबिच थप एक साता निषेधाज्ञा गर्ने सहमति भएपनि कुनै निर्णय भने हुन सकेन। 'केही क्षेत्रलाई खुकुलो र केहीलाई थप कडाइ गर्नुपर्ने देखिएको छ। त्यसलाई कसरी वैज्ञानिक बनाउने…

सम्बन्धित सामग्री

डोटीमा पुनः एक साता थपियो निषेधाज्ञा

साउन १८, डोटी । जिल्लामा कोरोना भाइरस कोभिड–१९ को जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि सात दिन बढाइएको छ ।  यहाँका नागरिक कामका लागि प्राय छिमेकी मुलुक भारतका विभिन्न शहर जाने र  फर्किने क्रममा संक्रमण फैलने गरेकाले जोखिम कायमै रहेको स्वास्थ्यकर्मीको सुझावअनुसार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आइतवार बसकेको बैठकले गत वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि यहि साउन २४ गते सम्मका लागि बढाउने निर्णय गरेको हो । अत्यावश्यक कामबाहेक निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानूनबमोजिम कारवाही गरिने निमत्तप्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । जिल्लामा निषेधाज्ञाको समयमावधि थप गरिएको यो नवौँ पटक हो ।  केन्द्रले आन्तरिक सार्वजनिक सवारी साधन सञ्चालन गर्न, बिहान ६ बजेदेखि राती ८ बजेसम्म पसल खोल्न र बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न दिने निर्णय गरेको छ ।  विकास निर्माणका काम र त्यसमा प्रयोग हुने यातायातका साधन मापदण्डअनुसार सञ्चालन गर्न पाउने भएका छन् । निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, व्युटीपार्लर, जीम हल सञ्चालन गर्न र भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम पनि गर्न नपाइने जारी  सूचनामा उल्लेख छ ।  जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या एक हजार ४०० भन्दा बढी पुगेको र यसबाट हालसम्म ११ जनाले ज्यान गुमाइ सकेका छन् । रासस

काठमाडाैं उपत्यकामा आजदेखि जाेरबिजाेर प्रणाली हट्याे

काठमाडाैं। काठमाडौं उपत्यकाभित्र सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली हटाइएको छ। गत साता सवारी साधन खुला गर्दै जोरबिजोर प्रणालीमा २५ सिट क्षमताका सार्वजनिक सवारी साधनहरु खुला गरेको थियो। तर आजदेखि निषेधाज्ञा थप खुकुलो बनाउँदै जोरबिजोर प्रणाली हटाएर सबै सवारी साधन खुला गरेको छ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइनेछैन भने मास्कलगायत स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।

आजबाट सार्वजनिक सवारी पनि चल्न थाल्यो, पसल पनि सबै खुले, निषेधाज्ञा भने कायमै

काठमाडौं। काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा एक साता थप गरिए पनि आजाबाट सार्वजनिक सवारी साधन चल्ने भएका छन्। सोमवार काठमाडौं उपत्यकाभित्रका तीनवटै

धनुषामा निषेधाज्ञा थप खुकुलो, सार्वजनिक सवारी साधन पनि चल्ने

१४ असार, जनकपुरधाम । धनुषामा अझै खुकुलो बनाएर थप एक साता निषेधाज्ञा लम्ब्याइएको छ । थप गरिएको निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारी साधन समेत चल्न पाउने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । धनुषाबाट अन्य जिल्लामा …

खुकुलो भयो काठमाडौं उपत्यकाभित्रको निषेधाज्ञा : कुनकुन क्षेत्र नखुल्ने?

काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण भन्दै काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा  एक साता थप भएको छ। तर, केही खुकुलो बनाइएको छ। यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो। अब भने सबै प्रकारका पसल सबै दिन खुल्नेछन्। त्यस्तै २५ सिट क्षमता भन्दाबढीका सार्वजनिक सवारी साधानलाई चल्न दिइएको छ।…

पर्सिदेखि काठमाडौँ सार्वजनिक सवारी पनि चल्न दिने सहमति – देशसञ्चार

काठमाडौँ-  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउने तर सार्वजनिक सवारी साधनहरु जोरबिजोर आधारमा सञ्चालन गर्न दिने सहमति भएको छ। यद्यपि यसबारे

उपत्यकाका प्रजिअहरुको बैठक बस्दै

काठमाडौँ । आज काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रजिअहरुको बैठक बस्दै छ । लामो समयदेखि उपत्यकामा जारी निषेधाज्ञाबारे थप निर्णय गर्न बैठक बस्न लागेको हाे । बैठकमा कोरोना सङ्क्रमण अझै घट्नुपर्ने जति नघटेकोले निषेधाज्ञा तथा सार्वजनिक सवारी साधन सञ्चालनबारे छलफल हुनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्क हेर्दो अघिल्लो साता र यो साताको सङ्क्रमण दर […]