अपडेट : भीषण हावाहुरीले चितवनमा ३ जनाको ज्यान गयो, दर्जनौ बिजुलीका पोल भाँचिए

जेठ ६, चितवन । शुक्रवार बेलुका आएको हावाहुरीका कारण चितवनमा बिजुलीका पोल नै भाँचिएका छन् । निर्माणाधिन र निर्माण सम्पन्न भवनमा समेत ठूलो क्षति भएको तस्वीरहरू सार्वजनिक भएका छन्। क्षतिको विवरण भने आइसकेको छैन । अपडेट : चितवनमा हावाहुरीले ३ जनाको ज्यान गएको छ । हुरी चलेको बेला रुख ढल्दा च्यापिएर ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृत्यु हुनेमा अटोमा यात्रा गरिरहेका २ जना र म्याजिकमा यात्रा गरिरहेका १ जना रहेका छन् । तस्वीर सौजन्य : दिनेश कुमार चुके

सम्बन्धित सामग्री

५ वर्षसम्म पोल पनि सार्न नसकेको एक आयोजना

नेपाल विद्युत प्राधिकरणको अध्ययन अनुसार ११३ किलोमिटर लामो यो सडक विस्तार गर्दा करिब ५ हजार बिजुलीका पोल सार्नुपर्ने देखिएको छ । तर यो काममा सरकारी निकाय बीचमै समन्वय छैन ।

ललितपुरको महालक्ष्मीमा रुख ढल्दा कार च्यापियो, बिजुलीका पोल पनि भाँचिए

१७ असोज, काठमाडौं । ललितपुरको महालक्ष्मीस्थान नगरपालिकामा ढलेको रुख हटाइएको छ । रुख ढलेपछि सडक अवरुद्ध भएको थियो । हिजो साँझ ५ बजेतिर ठूलो रुख एक्कासी जरैदेखि ढलेको थियो । रुखले विद्युतका पोल भाँचिएका छन् । एउटा कार पनि रुख मुनि परेको थियो । तर कारमा धेरै क्षति नभएको डिएसपी उमेश जोशीले जानकारी दिए । […]

अफ्रिकी मुलुकमा बाढीका कारण ६० जनाको मृत्यु, हजरौं मानिस घरबार विहीन

एजेन्सी । अफ्रिकी मुलुकहरु मलाबी र मोजाम्बिकमा हालै आएको आँधीका कारण करिब ६० जनाको मृत्यु भएकाे छ । फ्रेडी नामको शक्तिशाली आँधीका कारण हजारौं घरबार विहीन भएका हुन् । भारी वर्षासँगै आएको आँधी निकै लामो समयसम्म रहेकाले ति राष्ट्रहरुको जनजीवन प्रभावित भएको हो । आँधीसँगै आएको बाढीले कमजोर सरचनाहरु बगाउनुका साथै बिजुलीका पोल र रुखहरु […]

नागढुंगा-मुग्लिङ सडकमा बिजुलीका पोल सार्न किन भइरहेको छ अलमल?

काठमाडौं : नागढुंगा-मुग्लिन सडक विस्तारको पहिलो खण्ड नागढुंगा-नौबिसेमा विद्युतीय पोल सार्ने काम नहुँदा बाधा परेको छ। नेपाल विद्युत प्राधिकरण र आयोजनाबिच कुरा नमिल्दा पोल सार्ने काम सुरु हुन नसकेको हो। प्राधिकरणले आयोजनालाई उक्त 'साइट'का पोल हटाउन २५ करोड रुपैयाँ खर्च लाग्ने अनुमानित लागत पठाएको थियो। त्यसपछि आयोजना र प्राधिकरणबिच कुरा…

बिजुलीका पोल ढालेपछि त्रियुगा र चौदण्डीगढी नगरक्षेत्र अन्धकार

उदयपुर : जिल्लाको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युत्का पोल ढालेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका छन्।त्रियुगा –२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढालेपछि अहिले नगरको वडा नं १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ अन्धकारमय बन्न पुगेका छन्। भुल्केका स्थानीय ईश्वरीप्रसाद भट्टराईले पटक–पटक विद्युत् प्राधिकरणलाई  ध्यानकर्षण गराउँदा पनि अहिलेसम्म पोल मर्मत नभएको बताए। शनिबारकै  वर्षाक

भीषण हावाहुरीमा परेर चितवनमा तीनको मृत्यु

ठाउँ–ठाउँमा फुसका घर भत्किए, बिजुलीका पोल र ट्रान्सफर्मर ढल्दा विद्युत् अवरुद्ध पोल र रूख ढल्दा विभिन्न ठाउँमा सडक अवरुद्ध, नारायणी पुलका सबै बिजुलीका पोल भाँचिए गुडिरहेको ट्रक नारायणी पुलमै पल्टियो, सिनर्जी एफएमको टावर भाँचियो,...

प्राविधिक जाँचपछि बिजुलीका पोल सार्न पाइने

नेपाल विद्युत प्राधिकरणले प्राविधिक जाँचपछि उपयुक्त देखिए मात्र पोल सार्न पाइने व्यवस्था गरेको छ ।प्राधिकरणले बनाएको ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मा प्राविधिक जाँचपछि उपयुक्त देखिएमा मात्र सार्ने व्यवस्था गरिएको हो । योसँगै ग्राहकलाई विद्युत सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना तार, पोल, ट्रान्सफर्मरलगायत सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ । […]

सडकको बीचमा बिजुलीका पोल !

म्याग्दीको बेनी-दरबाङ सडकअन्तर्गत बेनी नगरपालिका–७ मङ्गलाघाटको बीच सडकमा रहेका बिजुलीका पोल । सडकको क्षेत्राधिकारभित्र रहेका बिजुलीका पोल स्थानान्तरणमा ढिलाइ हुँदा सडक निर्माण प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । तस्वीरः सन्तोष गौतम/रासस

पश्चिम बंगाल र उडिसामा यासको बितन्डा (तस्बिरहरू)

वर्षा र हावाले कैयौं घर भत्किएका छन्। बिजुलीका पोल ढलेका छन्। सडकमा रूख ढलेका छन्। बालीनाली नष्ट भएको छ। लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको छ।

ललितपुर महानगर भित्र बिजुलीका पोलमा विज्ञापन टाँस्नेलाई कारवाही

ललितपुर महानगरपालिकाले महानगर भित्रका बिजुलीका पोल चिटिक्क पारेर सिंगारेको छ। हरियो रङ लगाएर महानगर भित्रका भित्री बाटोका पोलसमेत सफा र चिटिक्क छन्।