राति १२ बजेसम्म होटल सञ्चालन गर्न पाइने

विराटनगरमा राति १२ बजेसम्म होटल सञ्चालन गर्न पाइने भएको छ।

सम्बन्धित सामग्री

होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै

नवलपुर । पछिल्लो समय होटल म्यानेजमेन्ट विषयतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको छ । अध्ययन र उत्तीर्ण गर्न सहज तथा रोजगारीका अवसर धेरै हुने भएकाले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढ्न थालेको हो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा कक्षा ११ मा होटल म्यानेजमेन्ट (एचएम) अध्ययनरत गौरव गुरुङले अध्ययनपछि तुरुन्त रोजगार पाइने भएकाले यो विषय पढेको बताए । बाँकेको नेपालगञ्ज घर भएका गुरुङ होटल म्यानेजमेन्ट पढ्नकै लागि यहाँ आएको बताउँछन् । होटल म्यानेजमेन्ट अध्ययनपछि स्वदेशमा रोजगार तथा विदेशमा पनि उच्च माग भएको आफूले बुझेको भन्दै गुरुङले स्वरोजगार हुन र जीवनोपयोगी शिक्षाका लागि समेत यो विषय पढेको बताए ।  नेपालको पूर्वी जिल्ला खोटाङबाट एचएम पढ्न यहाँ आएकी रोनिशा भुजेलले भान्छामा हुने सामान्य कामदेखि बोल्ने शैली, सरसफाइलगायत धेरै कुराको सिकाइ होटल म्यानेजमेन्टमा हुने गरेको बताइन् । ‘हामीले पढेको सिद्धान्तलाई व्यवहारमा लागू गर्दै अध्ययन गर्न रमाइलो हुने गरेको छ,’ उनले भने, ‘एचएम पढेपछि होटलमात्रै नभएर धेरै क्षेत्रमा रोजगारको अवसर खुल्ने भएर पढ्न शुरु गरेको हो । एचएमको पढाइले आफ्नो दैनिक जीवनमा समेत परिवर्तन ल्याएको उनले सुनाइन् ।   होटल म्यानेजमेन्टका प्रशिक्षक सरोज तामाङले अहिले देशमा भएका धेरैजसो होटल, रेस्टुरेन्टमा पढेर नभई गरेर सिकेका कामदारमात्रै भएको भन्दै त्यस्ता जनशक्तिसँग काम राम्रै गर्ने ज्ञान भए पनि होटल व्यवस्थापनको सैद्धान्तिक ज्ञान नहुने बताए । अन्तरराष्ट्रिय स्तरका पाहुनालाई स्वागत गर्न सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान आवश्यक पर्ने हुँदा आधुनिक र ठूला होटलले पढेकै जनशक्ति खोज्ने भएकाले पनि एचएम पढ्न विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ । ‘नेपालमै पनि नयाँनयाँ पर्यटकीय क्षेत्रको विकास, ठूला होटल रेस्टुरेन्टको स्थापना हुँदै जाँदा पढेका जनशक्तिको माग बढ्दो छ,’ उनले भने, ‘सानादेखि ठूला होटल, रेस्टुरेन्टमा होटल म्यानेजमेन्ट पढ्नेको ठूलो माग छ ।’  स्वेदशमै रोजगारबाहेक धेरैजना विदेश जानका लागि पनि होटल म्यानेजमेन्ट पढ्न आकर्षित हुने गरेको तामाङले बताए । ‘खासगरी पश्चिमा मुलुकमा होटल म्यानेजमेन्ट पढेको जनशक्तिको माग धेरै छ,’ उनले भने, ‘यो विषय पढेपछि हस्पिटालिटीतर्फको भविष्य त एकातर्फ छ नै, साथै हवाई क्षेत्र, पर्यटकीय क्षेत्र, ट्राभल्स एण्ड टुर्स तथा एचएम पढाइ हुने कलेजमा विभागीय प्रमुख भएर काम गर्ने अवसर मिल्छ ।’  पढेपछि राम्रो आम्दानीसमेत हुने भएकाले होटल म्यानेजमेन्ट पढ्न चाहने विद्यार्थीको सङ्ख्या बढेको उनले बताए ।   अक्सफोर्ड कलेजमा राष्ट्रिय परीक्षा बोर्डतर्फको व्यवस्थापन सङ्कायका विभागीय प्रमुख हरि थपलियाले कक्षा ११ मा होटल म्यानेजमेन्ट पढ्न आउने विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दै गएको बताए । ‘गत वर्ष हामीले होटल म्यानेजमेन्टको तीनओटा सेक्सनमात्रै अध्ययन गराएका थियौं,’ उनले भने, ‘यस वर्ष कक्षा ११ मा होटल म्यानेजमेन्टको चारओटा सेक्सनमा विद्यार्थी अध्यापन गर्दै आएका छौं ।’  यहाँ माध्यमिक शिक्षा उत्तीर्ण गरेका विद्यार्थी काम र पढाइ दुवैका लागि विदेश जाने पनि भएको भन्दै उनले यो विषयमा पढेको कुरा खेर नजाने भएकाले विद्यार्थीको आकर्षण बढेको बताए ।  अरूको रोजगारी गर्न मन नहुनेले आफै होटल, रेस्टुरेन्ट खोलेर सञ्चालन गर्ने क्षमताको समेत विकास हुने हुँदा स्वरोजगार बन्ने र अरूलाई रोजगारी दिने अवसर पनि होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीमा हुने उनको भनाइ छ । ‘अन्य विषय पढेका विद्यार्थीले भन्दा छिटो अवसर पाइने भएकाले पनि एचएममा विद्यार्थीको आकर्षण बढ्दो छ,’ उनले भने । नेपालीमा आधुनिकीकरणको नक्कल गर्ने क्रम बढेसँगै होटल म्यानेजमेन्ट पढ्न चाहने बढ्नु पनि स्वाभाविक भएको थपलियाले बताए ।   होटल म्यानेजमेन्ट अध्ययन हुने अर्को शैक्षिक संस्था इडन गार्डेन माविका प्रिन्सिपल प्रेमहरि सुवेदीले होटल म्यानेजमेन्टतर्फ विद्यार्थीको आकर्षण बढेसँगै यो विषय पढाउने शैक्षिक संस्थासमेत बढेको बताए । उनले नवलपुर र चितवनमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट पढाउने विद्यालयमात्रै नभएर स्नातक तहमा होटल म्यानेजमेन्ट पढाउने कलेजको सङ्ख्यासमेत बढ्दै गएको बताए ।  ‘नवलपुर र चितवनबाहेक अन्य छिमेकी जिल्लाबाट समेत हाम्रो विद्यालयमा एचएम पढ्नका लागि विद्यार्थी आउने गरेका छन्,’ उनले भने, ‘यो शैक्षिक सत्रमा हामीले पनि एचएमका दुईओटा कक्षा सञ्चालन गरेका छौं ।’  किताबमा पढेका सैद्धान्तिक विषयवस्तु विद्यार्थीले प्रयोगात्मकरूपमा गरेर अनुभव हासिल गर्न पाउने भएकाले पनि यो विषयमा विद्यार्थीको आकर्षण बढेको हुनसक्ने उनको भनाइ छ । स्तरीय होटल खुल्ने क्रम बढेको र त्यहाँ पढेको जनशक्तिको माग हुने भएकाले पनि एचएममा विद्यार्थीको आकर्षण बढेको उनको भनाइ छ । रासस

अब रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न पाइने

काठमाडौँ। सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने भएको छ। गृह मन्त्रालयले एक सूचना जारी गर्दै रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाएर २४ सैं घण्टा चल्न दिने निर्णय गरेको हो। कुनै पनि रात्रिकालीन व्यवसाय राती १० बजेपछि सञ्चालन गर्न नपाइने व्यवस्थालाई परिमार्ज गर्दै होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन हुन पाउने भएका हुन्।

रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने (निर्णयसहित)

काठमाडौं : सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने भएको छ।  गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाउँदै २४ सै घण्टा चल्न दिने निर्णय गरेको हो। गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन पाइने भएको छ। यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो।तर, व्यवसायीहरुले मध्यरात नहुँदै व्यवसाय बन्द गर्दा आर्थिक क्रियाकलाप सुस्ताएको गुनास

१६ करोडको लगानीमा ढल्केबरमा खुल्यो होटल

विराटनगर (अस) । पूर्व–पश्चिम राजमार्गको महोत्तरीस्थित ढल्केबरमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । स्थानीय युवा व्यवसायी अनिल साहले १६ करोड रुपैयाँ खर्चेर २६ वटा वातानुकूलित कोठासहितको कोमल होटल सञ्चालनमा ल्याएका हुन् । साहले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर होटल सञ्चालन गर्ने योजना बनाए पनि कोरोनाको कारण गरिएको निषेधाज्ञाले केही विलम्ब भए पनि अहिले सञ्चालनमा ल्याएका हुन् । खासगरी व्यापार, जागिर, धार्मिक पर्यटकलाई लक्षित गरेर होटलमा लगानी गरिएको उनले बताए । पेसागत रूपमा  सीए साह हार्डवेयर र लुब्रिकेन्टको व्यवसायबाट हस्पिटालिटीमा लागेका हुन् । धनुषाको जनकपुर, संघीय राजधानी जानेबाटो र पूर्वबाट पनि जोडिने स्थान ढल्केबर पछिल्लो समय सुविधासम्पन्न बजारका रूपमा विकसित हुँदै गएको छ । कोरोनाले मार खेपे पनि पछिल्लो समय होटल सञ्चालन भएपछि दैनिक रूपमा आउने ग्राहकका कारण उत्साहित बनेको उनले सुनाए । साहले भने, ‘निषेधाज्ञामा पनि दैनिक १२/१३ वटा कोठा बुक हुने गरेका छन् । परिस्थिति सामान्य हुँदा होटल राम्रै चल्छ भन्नेमा ढुक्क छु ।’ सात तले कोमल होटलमा १२ वटा डिलक्स रुम, ८ वटा स्विट रुम र ६ वटा स्ट्यान्डर्ड लेबलका कोठा छन । रुमको ४ हजार, ३ हजार र २५ सय गरी तीन श्रेणीमा विभाजन गरिएको साहले जानकारी दिए । होटलमा ग्राउन्ड र रुफटफमा समेत रेस्टुराँ र बारको सुविधा ग्राहकले पाउनेछन् । नेपाली र इन्डियन खाना पाइने उनको होटलमा विवाह पार्टी तथा सेमिनारका लागिसमेत सुविधा छ ।

कैलालीमा भोलिदेखि रेष्टुरेन्ट खुल्ने, सबै सवारी साधन चल्ने

२२ असार, धनगढी । कैलालीमा होटल, रेष्टुरेन्ट समेत सञ्चालन गर्न पाइने गरी साउन १ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले केही परिमार्जन गर्दै साउन १ गते मध्यराति १२ बजेसम्म जारी निषेधाज्ञालाई निरन्तरता दिने आदेश जारी गरेका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा थपिएको निषेधाज्ञा अवधिमा यसअघि होम डेलिभरी […]

बेलायतमा अर्को सातादेखि अँगालो हाल्न र चुम्बन गर्न पाइने

बेलायतमा कोभिड–१९ को संक्रमण दर क्रमशः घट्दै गएकाले साथीभाइ र परिवारका सदस्यले अर्को सातादेखि अँगालो हाल्न र चुम्बन गर्न पाउने भएका छन् । प्रधानमन्त्री बोरिस जोनसनले सोमवार मुलुक सामान्य दिशातर्फ बढिरहेको बताएका छन् । लकडाउनको अन्तिम चरणमा घरभित्र मानिसहरूलाई घुलमिल गर्न दिइने र घरबाहिर ३० जनासम्म भेला हुन दिइने भएको छ । भौतिक दूरीलाई केही खुकुलो बनाइँदै जाँदा मैत्रीपूर्ण सम्पर्कलाई पनि अनुमति दिइनेछ । होटल पुनः खुल्नेछन् अनि सिनेमाघर र नाटकघरका साथै घरभित्र व्यायामका कक्षा सञ्चालन गर्न पनि दिइने...

बिहान ८ देखि साँझ ८ बजेसम्म मात्र पसल खोल्न पाइने

दमौली, बैशाख ११ । कोभिड-१९ सङ्क्रमणको जोखिम बढ्दै गएपछि तनहुँको व्यास नगरपालिकाले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म पसल सञ्चालन गर्ने गराउने निर्णय गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । नगरक्षेत्रभित्र सञ्चालित औषधिजन्य व्यवसायबाहेकका अन्य सम्पूर्ण उद्योग, वयवसाय, होटल तथा रेष्टुरेण्ट, खाद्यान्न तथा तरकारी एवं […]

राती ८ बजेसम्म मात्र होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न पाइने

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी नियन्त्रणका लागि भन्दै बेलुकी आठ बजेसम्म मात्र निश्चित मापदण्ड पालना गरी होटल तथा रेष्टुरेण्ट सञ्चालन गर्न पाउने निर्णय गरेको हो।

साउन १५ बाट होटल खुल्ने, भोज र पार्टी गर्न नपाइने

६ साउन, काठमाडौं । साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा होटल सञ्चालन गर्न दिने निर्णय गरेको हो । हाल होटलहरु बन्द नै छन् भने रेष्टुरेन्टहरुमा प्याकिङ …