किसानलाई तरुल खन्न भ्याइनभ्याई, भाउ नपाएको दु:खेसो

सर्लाही : सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याई भएको छ। आउँदै गरेको माघे संक्रान्तिलाई लक्षित गरी जील्लाको उत्तर पश्चिम भेगमा पर्ने बागमती र बरहथवा नगरपालिकाका किसानहरूलाई तरुल खन्न भ्याइनभ्याई भएको हो। तर, यसवर्ष तरुलको उचित मूल्य नपाएको किसानहरुले गुनासो गरेका छन्।जिल्लाको बागमती र बरहथवा नगरपालिका लगाएतका स्थानमा यतिबेला किसानहरु माघे संक्रातीमा अत्यधिक खपत हुने भएकाले तरुल खन्न भ्याईनभ्याई रहेको किसानहरुको भनाइ छ।विगत लामो समय देखी बर्सेनि व्‍यावसायिक तरुल खेती गर्दै आएका बागमती नगरपा