गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले महिला हिंसा अन्त्यका लागि सबै जुट्नुपर्ने आवश्यकता रहेको बताए । सञ्चारिका समूह नेपाल केन्द्रले शुक्रबार पोखरामा आयोजना गरेको महिला हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा महिला र पुरुषप्रतिको विभेदलाई अन्त्य गर्नुपर्ने आवश्यकतालाई औंल्याए ।मन्त्री थापाले समाजका विकृति विसंगतिलाई हटाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउँदै महिला हिंसाको विरुद्ध सचेतना जगाउने कार्यमा कानून मन्त्रालय सचेत रहेको बता