वाग्मतीमा कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा सरकारको नेतृत्व गर्ने !

मकवानपुर – नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पालैपालो आधा–आधा समय वाग्मती प्रदेश सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । तर पहिले एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।मुख्यमन्त्री शाक्यले आज बिहीवार प्रदेश सभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया सुरु भएको छ । यसअघि हिजो बुधवार बेलुका काठमाण्डौमा गठबन्धनका शीर्ष नेताबी...

सम्बन्धित सामग्री

लुम्बिनी सरकारको नेतृत्व कांग्रेस-माओवादी आलोपालो गर्ने सहमति

१४ वैशाख, बुटवल । लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताए । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले आलोपालो सरकारको नेतृत्व […]

लुम्बिनी प्रदेशको नेतृत्व खोस्ने दाउमा कांग्रेस

माओवादी र कांग्रेस बिच सरकारको नेतृत्वमा दाबी रहने देखिएको यो प्रदेशमा कांग्रेसले ‘अघिल्लो सरकारको कार्यकाल’ आफूले नेतृत्व पाउनु पर्ने प्रमुख आधार बनाएको छ।...

संकटमा मुलुकुलाई नेतृत्व गर्न सक्ने  पार्टी कांग्रेस मात्रै हो : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकुलाई नेतृत्व  प्रधान गर्न सक्ने पार्टी कांग्रेस मात्रै भएको बताएका छन्।  शंखमुलमा आयोजित चुनाबी अभियानमा उनले ठुला राजनीतिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले गरेको र...

सहमतिमै कांग्रेस नेतृत्व टुंगो लगाउने प्रयत्न भइरहेको छ : देउवा

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताएका छन् । बिहीबार बिहान कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहमा देउवाले सकभर सहमतिका नेतृत्व चयन गरिने बताए । त्यसकै लागि केन्द्रीय समितिको बैठक राखिएको उनको भनाइ छ । उनले सहमतिमै नेतृत्व चयन नभए […]

कांग्रेस बलियो बनाउन सक्षम नेतृत्व आवश्यक : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् ।कांग्रेस काठमाडौँका सभापति पदका उम्मेदवार कृष्ण सबुज बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उनले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताएका हुन् ।‘पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४औँ महाधिवेशनबाट यस्तो नेतृत्व आवश्यक छ,” उनले भने । नेता सिंहले १४औँ […]

नेतृत्व नफेरे कांग्रेस बचाउन सकिंदैन– गुरुराज घिमिरे

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेसको नेतृत्व नफेरे कांग्रेस बचाउन नसकिने बताएका छन् । उनले कांग्रेस बाहेक अरु दलले देशलाई निकास दिन नसक्ने पनि दावी गरे ।

नेतृत्व नफेरे कांग्रेस बचाउन सकिदैंन– कांग्रेस नेता गुरुराज घिमिरे

नेपाली काग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेसको नेतृत्व नफेरे कांग्रेस बचाउन नसक्ने बताएका छन् । नेपालन्युजसँग कुरा गर्दै घिमिरेले भने, ‘काग्रेसलाई यस्तो नाजुक अवस्थामा रहन दिनुहुन्न ।

कांग्रेस मनाङमा वडादेखि जिल्लासम्म सर्वसम्मत नेतृत्व

लमजुङ-नेपाली कांग्रेस मनाङको अधिवेशन सम्पन्न भएको छ । वडा तह देखि जिल्लासम्म सर्वसम्मत नेतृत्व चयन गर्दै जिल्लाका सवै तहको अधिवेशन सम्पन्न भएको हो ।सम्पन्न अधिवेशनले शंकर गुरुङको नेतृत्वमा नेपाली कांग्रेस मनाङमा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार घोषणा भएको नतिजा अनुसार गुरुङको नेतृत्वमा जिल्ला कार्यसमिति सहित वडासम्मको अधिवेशन सर्वसम्मत भएको हो ।जिल्ला सभापती बनेका […]

लुम्बिनीमा कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति

बुटवल– लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। कांग्रेस र माओवादीबीच आलोपालो नेतृत्व गर्ने सहमति भएको कांग्रेस संसदीय दलका नेता विरेन्द्र कानोडियाले जानकारी दिए। उनका अनुसार माओवादीसँग आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार आगामी फागुन २ गतेसम्म माओवादीका दल नेता कुलप्रसाद केसीले नेतृत्व गर्नेछन्। त्यसपछि कांग्रेस दल नेता विरेन्द्र कानोडियाले […]