बाढीपहिरोले २ वटा भत्किए, हजारभन्दा बढी विद्यालयमा क्षति पुग्ने अनुमान

काठमाडौं : प्राकृतिक विपद्का कारण साउन लागेदेखि अहिलेसम्म दुई वटा सरकारी विद्यालयमा क्षति पुगेको छ।नेपाल विपद् जोखिम न्यूनीकरण पोर्टल काठमाडौंले साउन १ देखि आज (शुक्रबार) सम्ममा ताप्लेजुङ र लमजुङ जिल्लाका एक/एक गरी दुई वटा विद्यालयमा क्षति पुगेको तथ्यांक उपलब्ध गराएको हो। विद्यालयमा क्षति भए पनि मानवीय क्षति भने नभएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनमा औसतभन्दा केही बढी पानी पर्ने जनाएको छ। अहिले पनि व