काठमाडौं – आइतबार हेटौंडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी दुर्घटनामा ज्यान गुमाएका ६ जनामध्ये चार जनाको पहिचान खुलेको छ। भीमफेदी गाउँपालिका-६ जुरीखेतमा आइतबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो दुर्घटना भएको हो। मकवानपुर प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका-४ का ४० वर्षीया सविता लम्साल, हेटौंडा-२ का २९ वर्षीय निखिल अग्रवाल, भारत विहार पटनाका ४२ […]