राजावादी पार्टीमा राजेन्द्र : तस्बिरमा हेर्नुहोस् शपथ समारोह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित कार्यसमितिको शपथ समारोह सम्पन्न भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा राजावादी पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । लिङ्देनलगायत पदाधिकारीलाई निर्वाचन समितिका संयोजक तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ दिलाएका थिए । यस्तै केन्द्रीय सदस्यहरुलाई लिङ्देनले शपथ गराएका थिए । आइतबार बिहान भएको मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक

सम्बन्धित सामग्री

हिक्मत कार्कीले गरे मुख्यमन्त्रीको शपथ समारोह बहिष्कार

काठमाडौं,१७ साउन । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् । आफ्ना लागि सिट व्यवस्थापन नगरेर विभेद गरेको भन्दै उनले शपथ समारोह बहिष्कार गरेका हुन् । शपथ समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको साइडमा हुन्छ, शपथ ग्रहणपछि मुख्यमन्त्रीलाई बधाई दिएर सिट छोड्ने प्रचलन हुन्छ । तर मुख्यमन्त्रीको शपथग्रहण […]

हावाहुरीका कारण लुम्बिनीका मन्त्रीको शपथ अवरुद्ध

दाङ । हावाहुरीका कारण लुम्बिनीका मन्त्रीको शपथ समारोह अवरुद्ध भएको छ । हावाहुरीले मञ्चको छाना उडाएपछि शपथ समारोह अवरुद्ध भएको हाे । आइतबार दिउँसो १ बजेका लागि तय भएको शपथ समारोह ३ बजेसम्म पनि सुरु हुन सकेकाे छैन । दाङको राप्ती गाउँपालिका मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा शपथ समारोह आयोजनाका लागि अस्थायी मञ्च बनाइएको थियो ।

यसअघि छुटेका दुई सांसदले आज शपथ खाने

आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा दुई सांसदको शपथ समारोह हुने छ ।

प्रदेश १ : यस्तो देखियो शपथ समारोह (फोटो)

विराटनगर : प्रदेशसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। विराटनगरस्थित संसद् भवनमा  सोमबार आयोजित समारोहमा ज्येष्‍ठ सदस्य गयानन्द मण्डलले शपथ खुवाएका हुन्।ज्येष्ठ सदस्य  मण्डलले प्रदेशप्रमुख  पर्शुराम खापुङसमक्ष आजै शपथ लिएपछि  अन्य सांसदहरुलाई शपथ खुवाएका हुन्।शपथ समारोहमा सांसदहरुले राष्ट्रिय पोशाक लगाएका थिए भने कहि सांसदहरुले  आफ्नो संस्कृतिक झल्काउने पोशाकमा आएका थिए।६ जना सांसदले मृतभाषामा शपथ लिएका थिए।  प्रदेश १ का आर्थिक मामिला तथा

लोगो लगाउँदै सांसद, शपथपत्रमा हस्ताक्षरसँगै यस्तो देखियो शपथ समारोह

काठमाडौं : नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रतिनिधि सभाका सबैभन्दा जेष्ठ सदस्य पशुपतिशम्शेर जबराबाट बिहीवार दिउँसो १ बजेर २५ मिनेटमा सांसदहरुले शपथ लिएका हुन्। शपथ लिएसँगै नवनिर्वाचित सांसदहरुले सांसदको लोगो लगाएका छन्। यसैगरी उनीहरुले शपथपत्रमा हस्ताक्षर गरेका छन्। शपथलगत्तै सांसदहरु चियापान समारोहमा सहभागी भएका छन्। प्रतिनिधिसभाका नवनिर्वाचित…

सांसदहरूको शपथअघि सर्वदलीय बैठक बस्दै, क–कसलाई बाेलाइयाे ?

नवनिर्वाचित सांसदहरूको शपथ समारोह सुरु हुनुअघि सर्वदलीय बैठक बोलाइएको छ ।

पराजित भएपछि कमल थापाले बहिस्कार गरे शपथ समारोह

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोह बहिस्कार गरेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित शपथ कार्यक्रम थापाले बहिस्कार गरेका हुन् । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापा महाधिवेशनको समापन कार्यक्रममा अनुपस्थित भएका हुन् । आइतवार आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लिङ्देनले शपथ लिएर केन्द्रीय सदस्यहरुलाई शपथ गराएका छन् । कमल थापा निकट केही केन्द्रीय सदस्यले पनि शपथ कार्यक्रम बहिस्कार गरेका छन् ।

यस्तो देखियो एमाले पदाधिकारी र केन्द्रीय सदस्यको शपथ समारोह

चितवनः दुई दिन लम्बिएर सकिएको नेकपा (एमाले) का निर्वाचति पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। निर्वाचित १९ पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ लिएका हुन्। केन्द्रीय सदस्यमा निर्वाचित भीम रावलले भने शपथ अस्वीकार गरे।  शपथपछि पहिलो केन्द्रीय कमिटी बैठक पनि सौराहामा नै बस्दैछ।  शपथका तस्विर

राज्यमन्त्री उमेश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन्।यसअघि राज्यमन्त्रीको शपथ समारोह पनि राष्ट्रपति कार्यालयमा हुने प्रचलन थियो। शपथ समारोहमा राज्यका प्रमुख पदाधिकारीहरु सहभागी हुने प्रचलन थियो।शपथ समारोह राष्ट्रपति कार्यालयमै हुँदा पनि राज्यमन्त्रीलाई शपथ भने प्रधानमन्त्रीले नै गराउने प्रचलन थियो। तर कोरोना महामारीको समय भ

जो बाइडेनको शपथ समारोह अघि अमेरिकामा ‘हाई अलर्ट’

अमेरिका सबै ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया (डीसी) मा २० जनवरीमा हुने ‘इनगरेशन’ अघि सुरक्षा कडा पारिएको छ । यसै समारोहमा जो बाइडेनले राष्ट्रसित पदको शपथ लिनेछन् । सम्भावित हिंस्रक विरोध प्रदर्शनका कारण सबै राज्य अलर्टमा छन् । ६ जनवरीमा भएको हिंसात्मक प्रदर्शन पुनः पैदा नहोस् भनेर देशभरी नेशनल गार्डको समूह वासिङ्टन पठाइएको छ । एफबीआईले पनि सबै ५० राज्यको राजधानीमा ट्रम्प समर्थक प्रदर्शनकारीद्वारा सम्भावित सशस्त्र आन्दोलनको चेतावनी दिएको छ । डीसीमा नेशनल मललाई बन्द गरिएको