जसपा बाबुराम पक्षको बैठक असार २८ र २९ गते

समाजवादी पार्टी, नेपाल (बाबुराम पक्ष) को केन्द्रीय समितिको विस्तारित बैठक असार २८ र २९ गते बैठक बस्ने तय भएको छ । यसअघि २९ र ३० गते बस्ने तय भएको बैठक एक दिन अघि नै सारिएको हो ।  जसपा (उपेन्द्र यादव पक्ष) ले सुरुमा २७ र २८ गते केन्द्रीय समितिको बैठक वीरगञ्जमा गर्ने घोषणा गरेको थियो । त्यसपछि जसपा (बाबुराम पक्ष) ले काठमाडौँमा २९ र ३० गते केन्द्रीय समितिको विस्तारित बैठक बस्ने घोषणा गर्यो । त्यसपछि जसपा (उपेन्द्र यादव पक्ष) ले पनि बकर इदको कारण देखाउँदै बैठकको मिति सारेर २९ र ३० गते