एजेन्सी । भारतीय अभिनेता तथा हाँस्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था जटिल बन्दै गएको मिडिया रिपोर्टमा उल्लेख छ । यसअघि उनका मित्र सुनिलले उनको स्वास्थ्य सुधारात्मक रहेको जानकारी दिएका थिए । तर, अस्पतालले मिडियालाई दिएको जानकारी अनुसार उनलाई भेन्टिलेटरमा राखिएको छ ।