निर्वाचन अनुगमन समिति बैठक सकियो : अर्को बैठक चैत २७ गते बस्‍ने

बुधबार बसेको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक चुनावी तालमेलको मोडालिटीबारे सामान्य छलफल गर्दै सकिएको समिति सदस्य डा. बेदुराम भुसालले जानकारी दिनुभयो। मंगलबारको सत्ता गठबन्धनको बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा १० सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति बनाएको थियो।