एमसीसी संसदमा उपस्थित सांसदको बहुमतबाट पारित गर्ने तयारी

विवादास्पद अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा उपस्थित सांसदको बहुमतबाट पारित गर्ने तयारी भएको छ । संसदमा प्रस्तुत एमसीसीमाथि १२ गतेबाट छलफल हुनेछ भने त्यसपछि पारितका लागि मतदान प्रक्रियामा लगिनेछ । प्रतिनिधिसभा संसदमा पेश भैसकेको एमसीसीमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्ने घोषणा गरिसकेका छन् । संविधानमा …

सम्बन्धित सामग्री

एमसीसी संसदमा पेश हुनु अगाडी मन्त्रिपरिषद्को बैठक बस्दै

एमसीसी संगै पेश हुने व्याख्यात्मक घोषणा पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ। आज दोस्रो संसद बैठक बस्नु अगाडी मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।मन्त्रिपरिषद्को बैठकले पारित गरेपछि त्यसलाई एमसीसीको मुख्य सम्झौता सहित पारित गर्नको लागि संसद बैठकमा पेश हुने छ । सत्ता गठबन्धनले आज आइतबार नै एमसीसी पारित गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनको आज आइतबार बसेको बैठकले आज नै २ वटा संसद बैठक राखेर एमसीसी पास गर्ने निर्णय गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता तथा राजनीतिक संयन्त्रका संयोजक राम चन्द्र पौडेलले जानकारी दिए।उनका अनुसार बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । संसदमा उठेका सबै विषय सम्बोधन हुने गरि छुट्टै व्याख्यात्मक घोषणा तयार गरिने र एमसीसीको मुख्य सम्झौतासंगै व्याख्यात्मक घोषणा पनि पारित हुने उनले बताए ।एमसीसीबारे छलफल गर्न आज संसद बैठक बस्दै छ ।  संसद सचिवालयले तयार पारेको कार्यसूची   'अर्थ मन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।' उल्लेख छ। यस अघि फागुन ८ गते बसेको बैठकमा नाराबाजी र होहल्लाका बीच एमसीसी पेश भएको थियो ।  एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।