सिटिजन्स बैंकद्वारा मृतक परिवारलाई ८ लाख नगद हस्तान्तरण

सिटिजन्स बैंकले आफ्ना सेवाग्राही ग्राहकको मृत्युमा आफन्त परिवारजनलाई ८ लाखभन्दा बढी नगद हस्तान्तरण गरेको छ । बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा मृतकको श्रीमान् जब्बर अली तेली लाई तीन लाख ६५ हजार ७७४ रुपैयाँ ६० पैसा र अर्का ग्राहक फूलमति कोरीको मृत्युमा मृतकका छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १२२ रुपैयाँ ५८ पैसा नगद हस्तान्तरण गरेको हो । उक्त रकम सिटिजन्स बैंकका  प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मंसिर २१ गते एक कार्यक

सम्बन्धित सामग्री

सिटिजन्स बैंकद्वारा मृतक परिवारलाई ८ लाख नगद हस्तान्तरण

काठमाडौँ । सिटिजन्स बैंकले आफ्ना सेवाग्राही ग्राहकको मृत्युमा आफन्त परिवारजनलाई ८ लाखभन्दा बढी नगद हस्तान्तरण गरेको छ। बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा मृतकको श्रीमान् जब्बर अली तेली लाई तीन लाख ६५ हजार ७७४ रुपैयाँ ६० पैसा र अर्का ग्राहक फूलमति कोरीको मृत्युमा मृतकका छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १२२ रुपैयाँ ५८ पैसा नगद हस्तान्तरण गरेको हो।

सिटिजन्स बैंकद्वारा ८ लाख भन्दा बढी नगद हस्तान्तरण

सिटिजन्स बैंक Citizens Bank International Limited  ले बीमा भुक्तानी दावी वापत  ८ लाख भन्दा बढी नगद हस्तान्तरण गरेको छ । बैंकले लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निज मृतकका श्रीमान् जब्बर अली तेली लाई रु. ३,६५,७७४.६० तथा अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निज मृतकका छोरा रामचन्द्र कोरी लाई रु. ४,५४,१२२.५८ नगद हस्तान्तरण गरेको हो । उक्त रकम सिटिजन्स बैंकका  प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मंसिर २१ गते हस्तान्तरण गरेका हुन्। लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन विमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्च सहित बैंकले विमा कम्पनीमा रकम दावी गरि सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो । सिटिजन्स बैंकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिव १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए।सिटिजन्स बैंकले १७४  वटा शाखा,  १२३  वटा ए.टि.एम. र ११४  वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।