आजदेखि सर्वोच्च अदालतमा गोला प्रणाली लागू

काठमाडौँ । सर्वोच्च अदालतमा गोला प्रणाली लागू हुँदै छ । योसँगै सर्वोच्चमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । यो प्रणाली बुधवार देखी लागु हुन लागेको हो । गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि प्रश्न उठेको भन्दै न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आइरहेका थिए ।

सम्बन्धित सामग्री

आजदेखि उच्च र जिल्ला अदालतमा गोला प्रणाली लागु

काठमाडौं । आजदेखि उच्च र जिल्ला अदालतमा पनि गोला प्रणाली सुरु भएको छ । सर्वोच्च फुलकोर्टको बैठकले दुवै तहका अदालतमा पनि गोलाबाट पेसी तोक्ने निर्णय गरेको थियो । फुलकोर्टले यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरेको थियो । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाबाट पेसी तोकिएको थियो । न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठन भएको […]

गोला प्रणालीबाट इजलास

सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रणालीबाट पेसी तोकिँदैछ । गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नेबारे संशोधित सर्वोच्च अदालत नियमावली बुधबारदेखि कार्यान्वयनमा आउन लागेको हो । नियमावली कार्यान्वयन गर्नेबारेको सूचना सोमबार नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । गोला प्रणाली सुरु भएसँगै सर्वोच्चमा पछिल्लो एक महिनाभन्दा लामो समयदेखि भइरहेको न्याय सम्पादनको अवरुद्धता समेत हट्नेछ । अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक निष्ठामा प्रश्न उठेको भन्दै न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गरिरहेका छन् । पहिलो पटक गोला प्रणालीबाट पेसी तोकिन लागेको हो । अहिले सर्वोच्च अदालतको दैनिक पेसी सूची प्रधानन्यायाधीशले तोक्ने अभ्यास छ । गोला प्रणाली लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती हुनेछ ।

सर्वोच्चमा मंसिर १५ गतेदेखि गोला प्रणाली लागू हुने, राजपत्रमा सूचना प्रकाशित

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रणाली लागू हुने गरी गरिएको सर्वोच्च अदालत नियमावली संशोधन नेपाल राजपत्रमा प्रकाशित गरिएको छ। सोमबार नेपाल राजपत्रमा प्रकाशित गरिए पछि अब आगामी मंसिर १५ गते देखि गोला प्रथा लागू हुने भएको हो। 'सर्वोच्च अदालतको पूर्ण बैठकको निर्णय बमोजिम सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली,२०७८  संवत् २०७८ मंसिर १५ गते देखि प्रारम्भ हुने गरी तोकेकोले सूचना प्रकाशन गरिएको छ,' सोमबार प्रकाशित नेपाल राजपत्रमा उल्लेख छ। यस अघि प्रधानन्यायाधीशले नै आफ्नो तजबिजको आधारमा मुद्दाको...