आइएमई पेमा थपियो नयाँ फिचर

काठमाडौं । आइएमई पेको वालेटमा नयाँ फिचर थपिएको छ । आइएमई पे एपमा रहेको सेन्ड मनी फिचरबाट प्रयोगकर्ताले पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भएको छ । यसबाट सेवाग्राहीले थप सुविधा लिन सक्ने र कम्पनीसँगको विश्वास अझै बढ्ने कम्पनीको अपेक्षा छ । आइएमई पे आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक प्रडक्ट हो । आइएमई पे ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँदै आएको छ । यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्छन् । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध रहेको कम्पनीले बताएको छ ।