अर्थ कूटनीतिको आवश्यकता

गठबन्धनको सरकार बनेको लामो समय बितिसक्दा पनि विभिन्न देशमा राजदूत नियुक्त हुन सकेका छैनन् । राजदूतविहीन हुँदा तथा तिनले प्रभावकारी भूमिका निर्वाह नगर्दा विश्व रंगमञ्चमा पर्ने प्रभाव बेग्लै हुन्छ । व्यापारघाटाको उच्च आँकडाका कारण अर्थतन्त्र संकटतिर उन्मुख देखिइरहँदा नेपालले आर्थिक कूटनीतिमा विशेष ध्यान दिनुपर्ने भए पनि त्यसमा नेपाल चुकेको देखिन्छ । राजदूत नियुक्ति गर्दा आफन्त र राजनीतिक दलको निकटतालाई मात्र क्षमता मान्ने वर्तमान अभ्यासलाई सरकारले गम्भीरतापूर्वक समीक्षा गरी उपयुक्त ठाउँमा उपयुक्त पात्रलाई मात्रै राजदूत बनाउने नीति लिनुपर्छ । व्यवसायीहरूले नवनियुक्त राजदूतहरूलाई भेटी व्यवसायलाई सहजीकरण गरिदिनका लागि आर्थिक कूटनीतिका लागि आग्रह गर्ने गरेका छन् । तर, केही कूटनीतिक व्यक्तिहरू राजदूतको काम व्यवसायीको आर्थिक हित हेर्ने होइन भन्दै पन्छन खोज्ने गरेको पाइन्छ । विश्वका सबै देशको सम्बन्ध आर्थिक कुरासँग नै जोडिने भएकाले देशहरूले अहिले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्ने गरेका छन् । नेपालमा लगानी ल्याउन, व्यापारघाटा कम गराउन तथा पर्यटक आगमन बढाउन आर्थिक कूटनीति प्रभावकारी बनाउनुको विकल्प छैन । सरकारले २०७३ सालमा प्राध्यापक तथा परराष्ट्र विज्ञ श्रीधर खत्रीको नेतृत्वमा उच्चस्तरीय परराष्ट्र नीति पुनरवलोकन कार्यदल गठन गरेको थियो । कार्यदलले आर्थिक कूटनीतिलाई जोड दिनुपर्ने निष्कर्ष निकालेको थियो । उनै श्रीधर अहिले अमेरिकाका लागि राजदूत बनेका छन् । त्यहाँबाट लगानी र पर्यटक ल्याउन तथा नेपालका लागि विभिन्न छूट उपलब्ध गराउन उनको कूटनीतिक क्षमताको उपयोग आवश्यक छ । त्यस्तै बेलायतका लागि राजदूतमा नियुक्त भएका ज्ञानचन्द्र आचार्य पनि अर्थशास्त्रका राम्रा ज्ञाता मानिन्छन् भने भारतका लागि राजदूत नियुक्त भएका शंकर शर्मा पनि अर्थतन्त्रका ज्ञाता हुन् । चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार भए पनि त्यहाँका लागि हालसम्म राजदूत छानिन नसक्नु ठूलो कमजोरी हो । यी देशसँग आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिएर काम गर्ने हो भने नेपालले ठूलै लाभ लिन सक्ने देखिन्छ । परराष्ट्र मन्त्रालयले ३५ भन्दा बढी मुलुकको प्रोफाइल बनाएर आर्थिक कूटनीतिलाई प्रोत्साहन गर्ने नीति लिएको छ । तर, राजदूतहरूले यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्न नसकेको देखिन्छ । राजदूतहरूले आफूलाई त्यहाँका व्यवसायीहरूलाई बोलाएर चियानास्ता गराउनसमेत बजेट नभएको गुनासो गरेका छन् । तर, बजेटअनुसार आर्थिक कूटनीतिका लागि काम नभएको प्रतिवेदन महालेखाको प्रतिवेदनले उल्लेख गरेको छ । राजदूतहरूको निष्क्रियताका कारण हो वा अत्यावश्यक स्रोत नभएर हो आर्थिक कूटनीति कमजोर भइरहेको देखिन्छ । राजदूतहरू तथा सरकारी अधिकारीहरूले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको बताए पनि नेपालको व्यापारघाटा बढ्दो छ । नेपालले पाउने विदेशी सहयोग र अनुदान पनि आशालाग्दो रूपमा बढ्न सकेको छैन । पर्यटक आगमन पनि उत्साहजनक छैन । यसले आर्थिक कूटनीतिमा भनाइ र गराइमा अन्तर रहेको देखाउँछ । नेपालका लागि नियुक्त भएका विभिन्न देशका राजदूतहरूले कुनै एक कम्पनीलाई असर परेको विषयलाई समेत चासो दिने गरेका छन् र उनीहरूले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । तर, नेपाली कूटनीतिक क्षेत्रले यस्तो अभ्यास गरेको पाइँदैन । अतः राजदूत नियुक्ति गर्दा आफन्त र राजनीतिक दलको निकटतालाई मात्र क्षमता मान्ने वर्तमान अभ्यासलाई सरकारले गम्भीरतापूर्वक समीक्षा गरी उपयुक्त ठाउँमा उपयुक्त पात्रलाई मात्रै राजदूत बनाउने नीति लिनुपर्छ । अर्थशास्त्र बुझेको व्यक्तिलाई राजदूत नियुक्त गर्दा झनै उत्तम हुन्छ । राजदूतका लागि प्रस्ताव गरिएपछि संसदीय सुनुवाइमा नै उनीहरूलाई आर्थिक कूटनीतिको प्रतिबद्धता र कार्यक्रम बारे संसद्ले योजना माग गर्ने प्रणाली अपनाइनुपर्छ । राजदूत नियुक्त व्यक्तिको मूल्यांकन गर्दा उसले आर्थिक कूटनीतिमा देखाउन सकेको क्षमतालाई आधार मान्ने परिपाटी स्थापना गरिनुपर्छ । राजदूतले आफ्नो कार्यकालमा कति वैदेशिक लगानी भित्र्याउन सक्यो, पर्यटकको संख्या वृद्धि भयो वा भएन, निर्यातका लागि केकस्तो प्रयास भयो जस्ता विषयलाई मूल्यांकनको आधार बनाउन सकिन्छ । आर्थिक कूटनीतिलाई प्रभावकारी रूपमा अघि बढाउन परराष्ट्र, उद्योग, वाणिज्य र अर्थ मन्त्रालय, पर्यटन बोर्ड, वैदेशिक रोजगार विभागलगायत सम्बद्ध निकायबीच समन्वय हुनु आवश्यक हुन्छ ।  राजदूतको जिम्मेवारी पाएर विदेश जानेहरूले सामान्य पहल गर्न सक्दा पनि पर्यटकको संख्या बढ्न सक्छ । नेपाल प्राकृतिक रूपले सम्पन्न भएकाले हलिउड, बलिउडका कलाकार फिल्म सुटिङका लागि नेपाल आउन सक्छन्, जसले अर्थतन्त्रलाई सबल बनाउन मद्दत गर्छ ।

सम्बन्धित सामग्री

आजको कर्णालीको आवश्यकता

नेपाली बृहत् शब्दकोश (२०७७) विकास शब्दलाई ‘बढ्दै वा सुध्रिँदै गएको स्थिति, उन्नति, उत्तरोत्तर प्रगति, क्रमिक परिवर्तन’ हो भनेर परिभाषित गरिएको छ । विकास शब्दको शाब्दिक अर्थ बुझे पनि नबुझे पनि विकासको मर्म महसुस गरे पनि नगरे पनि यो शब्द हरेक नेपालीको मुखार बिन्दुमा स्थापित भएको छ । त्यसमा पनि सबै तहका नेता, कार्यकर्ता र सरकारका […] The post आजको कर्णालीको आवश्यकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यौनलाई खेलकुदको श्रेणीमा राख्दै स्वीडेनले गर्ने भो यौन प्रतियोगिता

यौन के हो ? यसको अर्थ, परिभाषा आआफ्नै किसिमको हुने गरेको छ । यौन शारीरिक आवश्यकता, मनोरञ्जनको स्रोत, सृष्टि संचालनको माध्यम वा अरु नै केही ? यस विषयमा समाजको बनोट अनुसार यसको मान्यता र अर्थ लगाइन्छ । यौन सम्बन्धलाई अश्लील भन्ने गरिए पनि यो संसारमै सबैभन्दा बढी चासोको विषय हो । यो खुला हुँदैन । …

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएनः अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताउनुभएको छ । आज पार्टीको अर्थ–योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपाय विषयक विचार गोष्ठीमा बोल्दै उहाँले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताउनुभयो । यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भएपनि […]

प्रेमहीन प्रेम दिवसका गुलावहरू

आजभोलि धेरैले आफ्नो आवश्यकता र क्षणिक आकर्षणलाई प्रेम भन्दारहेछन्। एउटा गुलावमा र तीनवटा चकलेटमा प्रेमको किनबेच गर्नेहरूले आत्मिक प्रेमको अर्थ कति बुझे होलान्? प्रेमको अर्थ बुझेर प्रेम गर्नेहरूलाई कुनै प्रेमदिवस आवश्यक पर्दैन।...

नेपालमा जलमार्गको आवश्यकता तथा महत्व

जलमार्गको अर्थ एउटै भए तापनि जलमार्गको सञ्चालन दुई किसिमको हुन्छ : (१) आन्तरिक जलमार्ग (२) बाह्य जलमार्ग । आन्तरिक जलमार्गभन्दा देशभित्रको ठूलाठूला नदीहरूबाट एक ठाउँबाट अर्को ठाउँमा सामान ओसारपसार तथा यातायातको काम लिइन्छ । बाह्य जलमार्गभन्दा ठूल्ठूला जहाजबाट समुद्रपारका देश र महादेशमा समुद्र र महासागरको जलमार्गबाट सामान ओसारपसार गरिन्छ । नेपालमा सम्भाव्यता अध्ययन गरिएका सबै […] The post नेपालमा जलमार्गको आवश्यकता तथा महत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आमा शब्द होइन, अर्थ हुन्

निस्वार्थ र निष्काम कर्म मात्रै, परिश्रम मात्रै गरिन्। आशा र अभिलाषा आफ्नो लागि शून्य, अरुको लागि अनन्त दिइन्। त्यसैले म अचेल बुझ्दै छु कि 'आमा' मात्र एउटा शब्द होइन, यो त अर्थ हो। अर्थ तपाईका हरेक प्रश्नहरुको, तपाईका हरेक उत्तरहरुको, तपाईका हरेक आवश्यकता तथा चाहनाहरुको, तपाईका हरेक सुखदुखका पलहरुको र तपाईका हरेक शब्दहरुको।

आवश्यकताअनुसार आयोजना छनोट गर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं। अर्थमन्त्रालयले प्रदेश र स्थानीय तहलाई आवश्यकताका आधारमा आयोजनाहरु छनोट गर्न निर्देशन दिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटमा आयोजनाको आवश्यकता र औचित्य प्रष्ट्याउन अनुरोध गरेका हुन्। स्थानीय तहलाई गुरुयोजना, मुआब्जा वितरण, वातावरणीय प्रभाव मुल्याङ्कन, स्रोत व्यवस्थापन लगायतका विषय हेर्न भनिएको छ। यसैगरी, सामथ्र्यभन्दा माथिका आयोजना छनोट गर्दा कार्यान्वयन गर्न समस्या हुने अर्थ मन्त्रालयको निचोड छ।

आवश्यकता र क्षमताको आधारमा मात्र बजेट सिलिङ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आवश्यकता र स्रोतको क्षमताको आधारमा आर्थिक वर्ष २०७८-०७९ को बजेटका लागि सिलिङ दिएको बताएका छन् ।प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको मंगलबार बसेको आगामी आर्थिक वर्षको बजेटको तयारी सम्बन्धी छलफलमा भाग लिँदै उपाध्यक्ष कँडेलले अहिलेको आवश्यकता र स्रोतको क्षमताको आधारमा बजेट सिलिङ निर्धारण गरिएको बताएका हुन् ।बजेटको सिलिङ र मन्त्रालयहरुको मागबीचमा भिन्नता […]

कर प्रशासनलाई सरलीकृत गर्नुपर्ने आवश्यकता छ

अर्थ मन्त्रालय आर्थिक वर्ष ०७८-७९ बजेटको तयारीमा लागेको छ । सरकारले आगामी आवका लागि लिनुपर्ने राजस्व नीतिका बारेमा मन्त्रालयले देशका विभिन्न सहरका व्यापारी÷व्यवसायीसँग छलफल चलाएको छ । विराटनगरबाट सुरू भएको छलफल वीरगन्ज, बुटवलजस्ता सहरमा सञ्चालन भइसकेको छ भने अन्य सहरमा पनि हुँदैछ । कर व्यापारी÷व्यवसायीले मात्रै तिर्दैनन् । सामान्य गरिखाने वर्गले पनि कर तिर्छन् । […]