विरोध खतिवडालाई हराउँदै महेश बर्ताैला मकवानपुर २ मा विजयी

काठमाडौं : मकवानपुर क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला विजयी भएका छन्।नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई चार हजारभन्दा बढी मतान्तरले हराउँदै बर्तौला प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। बर्तौलाले ३४ हजार ९१६ मत ल्याए भने खतिवडाले ३० हजार ३९६ मत पाए। खतिवडा ४ हजार ५२० मतान्तरले पराजित भएका हुन्।यसअघिका लगातार चार निर्वाचनमा विजयी खतिवडा संसदीय निर्वाचनमा पहिलोपटक पराजित भएका हुन्। यो पटक उनी सत्ता गठबन्धनतर्फका साझा उम्मेदवार थिए।विजयी बर्तौला खतिवडा