बालुवाटार र बालकोट दुवैतिर बार्गेनिङ गर्दै जसपा

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारी दर्ताको मिति नजिकँदा पनि दलहरूले सिटबाँडफाँडको टुंगो लगाउन सकेका छैनन् । सत्तरूढ दल जनता समाजवादी पार्टी (जसपा) गठबन्धन र प्रतिपक्षी नेकपा (एमाले)सँग समानान्तर वार्ता गरिरहेको छ ।  बालुवाटारमा दलका नेताहरूलाई छाडेर जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबार एमाले नेता रघुवीर महासेठ निवास...