रुस–युक्रेन द्वन्द्वका विषयमा अमेरिका र जर्मनबीच छलफल हुँदै

रुस र युक्रेन द्वन्द्वका विषयमा अमेरिका र जर्मनबीच छलफल हुने भएको छ । छलफलका लागि जर्मनीका चान्सलर ओलाफ स्कोल्ज सोमबार अमेरिका जाने भएका हुन् । त्यहाँ उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ । रुस युक्रेनको विषयमा मौन रहेको आरोप खेपिरहेका बेला अमेरिकी राष्ट्रपतिसँगको भेटवार्तामा जर्मन चान्सलर ओलाफले ठूलै सन्देश दिन सक्ने अनुमान गरिएको छ ।  रुस र युक्रेनबीच भड्किएको द्वन्द्वलाई लिएर जर्मनी कुनै प्रतिक्रिया दिएको छैन । उक्त विषयलाई लिएर पश्चिमा मुलुकहरुले आश